सूचना प्रविधि विधेयकमाथि संसदमा छलफल शुरु, वैयक्तिक स्वतन्त्रतामाथि नै प्रहार हुने प्रतिपक्षीको आरोप « Khabarhub

सूचना प्रविधि विधेयकमाथि संसदमा छलफल शुरु, वैयक्तिक स्वतन्त्रतामाथि नै प्रहार हुने प्रतिपक्षीको आरोप


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संसदमा पेश गरेको सूचना तथा प्रविधि विधेयकमाथि शुक्रवारदेखि सैद्धान्तिक छलफल शुरु भएको छ ।

छलफलमा सहभागी हुँदै नेकपा सांसद नवराज सिलवालले सूचना प्रविधि विधेयक समयसापेक्ष रहेको बताए । उनले एक्काइसौँ सताब्दीसापेक्ष विधेयक आएको दाबी गरे ।

संविधानले व्यवस्था गरेको वैयक्तिक स्वतन्त्रताको ग्यारेण्टी गरेको भएपनि युवापुस्तामाथि सामाजिक सञ्जालका कारण परेको समस्या समाधानका लागि विधेयक महत्वपुर्ण हुने उनले बताए ।

तर कांग्रेस सांसद पुष्पा भुसालले संविधानले व्यवस्था गरेको स्वतन्त्रताको हकलाई समेत कुण्ठित पार्ने हिसाबले संविधानले व्यवस्था गरेको गोपनियताको हकभन्दा पनि बाहिर गएर विधेयक संसदमा ल्याइएको बताइन् ।

उनले सामाजिक सञ्जाललाई दर्ता गर्ने विषय समेत विधेयकमा आएको भन्दै दर्ता गर्ने व्यवस्था हटाएर अभिलेखिकरण गर्ने व्यवस्था राख्न माग गरिन् । प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता महत्वपुर्ण रहेको भन्दै संविधान र मौलिक हकसँग बाझिने गरी ल्याइएको विधेयक संसोधन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  २ : १४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने