दीपाश्री भन्छिन् – स्टार बन्नका लागि ‘लक’ चाहिन्छ « Khabarhub

दीपाश्री भन्छिन् – स्टार बन्नका लागि ‘लक’ चाहिन्छ


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंस्थित राष्ट्रिय सभागृहमा चलिरहेको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ को दोस्रो दिन ‘चलचित्र क्षेत्रमा महिला’ शीर्षकमा अन्तर्किया सम्पन्न भएको छ ।

अन्तर्कियामा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला र फिल्म ‘कथा काठमाडौं’ की निर्देशक संगीता श्रेष्ठ अतिथि थिए । यस्तै अन्तर्कियामा मन्दिरा ढुंगेल प्रस्तुतकर्ता थिइन् । अन्तर्कियामा बोल्दै निर्देशक दीपाश्री निरौलाले फिल्म ‘छक्का पञ्जा’ मा अछामतिर बोलिने भाषिकालाई गीतमा राख्दा कतिपयले हिन्दी शब्द राखेको भन्दै प्रश्न गरेको बताइन् ।

अन्तर्कियामा बोल्दै अर्की निर्देशक संगीता श्रेष्ठले विवाह भएपछि बालबच्चा छ, कसरी फिल्म बनाउनहुन्छ भनेर दर्शकले सोध्ने गरेको बताइन् । उनले भनिन्, ‘चाहना र विश्वास हुने हो भने सबैथोक सजिलो हुने रैछ, लोकसन हन्टिङबाट शुरु हुने हाम्रो काम शूटिङमा गइसकेर पोस्ट प्रोडक्सनमा पुगिसक्दा सकिन्छ, महिला निर्देशक र पुरुष निर्देशकले गर्ने काम एउटै हो ।’

संगीताले भनिन्, ‘कामले बोल्ने रहेछ, शुरुमा क्यामेराम्यानले नै मलाई विश्वास गर्दैनथे कि झैँ लाग्छ, अहिले भने धेरैले विश्वास गर्नुहुन्छ ।’

संगीताको विचारमा सहमति जनाउँदै नायिका दीपाश्री निरौलाले महिला निर्देशकले गरेको काम कतिपयले झट्टै विश्वास नगर्ने गरेको बताइन् । नायिका दीपाश्री निरौलालाई अन्तर्कियामा सहभागी सञ्जु ढकालले सोधिन् – के चाहिँ क्वालिटी हुन्छ स्टार हुनका लागि ?

प्रश्नको उत्तर दिँदै दीपाश्रीले यसका लागि पहिलो कुरा त ‘लक’ चाहिने धारणा राखिन् ।

‘सबैभन्दा ठूलो कुरा चाहिँ कलाकारले गर्ने काम र भूमिका नै हो, तपाईंले फिल्ममा कस्तो पात्र चयन गर्नुभयो भन्नेमा पनि भर पर्छ,’ निर्देशक निरौलाले भनिन्, ‘जस्तो पायो त्यस्तो फिल्म खेल्दा तपाईं अहिले बजारमा त छाउनुहोला तर कामको वाहवाही हुँदैन ।’

उनले कुनै निर्देशकले अविरल रुपमा काम गर्दै जाँदा सेलिब्रेटी बनिने समेत बताइन् । उनले भनिन्, सेलिब्रेटी हुन समय लाग्छ ।

फेस्टिभल २५ फेब्रुअरीसम्म चल्नेछ । फेस्टिभलमा छनोटमा परेका विदेशी तथा नेपाली फिल्महरु स्किृनिङ गरिनेछ । फेस्टिभलको उद्घाटन बिहीवार नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा गरिएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ४ : २३ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै