गोर्खा सैनिकको समस्याबारे प्रचण्डको चासो « Khabarhub

गोर्खा सैनिकको समस्याबारे प्रचण्डको चासो


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् ।

शुक्रवार आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका बारेमा छलफल भएको थियो ।

त्यसैगरी अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका अध्यक्ष दाहालको सचिवालले जनाएको छ । आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न वर्तमान सरकार लागिपरेको बताएका थिए ।

चार दिवसीय नेपाल भ्रमणमा रहेका राज्यमन्त्री ल्याङकष्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताए ।

राज्यमन्त्रीले गोर्खा सैनिकले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको बताए । उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणका रुपमा रहेको धारणा राखेका थिए । भेटमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसको उपस्थिति थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ४ : ०७ बजे

पेलेदेखि जिदानसम्म: खेलको शैली बदल्ने विश्वकपका पाँच खेलाडी

विश्वकप फुटबलको सबैभन्दा ठूलो मञ्च हो, जहाँ खेलाडीहरू केवल ट्रफीका

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा– वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै