ऊर्जा क्षेत्रमा ७० अर्ब रुपैयाँ लगानी हुँदै | Khabarhub Khabarhub

ऊर्जा क्षेत्रमा ७० अर्ब रुपैयाँ लगानी हुँदै


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं–  चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग दर्ता भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । ती उद्योगमध्ये तीन उद्योग सौर्य ऊर्जासँग सम्बन्धित भएका र तीनको क्षमता १७ दशमलव पाँच मेगावाट छन् । यस्तै जलविद्युत्तर्फ आठ प्रवद्र्धक कम्पनीले उद्योग दर्ता गराएका छन् ।

कूल ३ सय ३३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ उद्योग दर्ता भएको विभागको विवरणमा समावेश छ । ती आयोजनाबाट प्रत्यक्ष रुपमा ४ सय ३४ जनाले रोजगारी पाउनेछन् । विभागमा दर्ता भएका अधिकांश उद्योग स्वदेशी लगानीमा नै आधारित भएपनि एउटामा भने चिनियाँ कम्पनीको लगानी हुने बताइएको छ । कूल २३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि भन्दै ‘सिचुवान वाइपिङ इनर्जी साइन्स एण्ड टेक्नोलोजी प्रालि’ नामक ऊर्जा कम्पनी दर्ता भएको हो । साे आयोजनामा रु ४५ अर्ब लगानी रहनेछ ।

यस्तै कास्की जिल्लामा आयोजनास्थल रहने गरी सिटिजन हाइड्रो प्रालि दर्ता भएको छ । कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको लागत रु एक अर्ब दुई करोड ६१ लाख १७ हजार ८११ रहनेछ । सो आयोजनाले २१ जनालाई रोजगारी उपलब्ध गराउने जनाएको छ ।

बाग्लुङ जिल्लामा पहाडी हाइड्रोपावर कम्पनीले तीन दशमलव पाँच मेगावाट क्षमताको आयोजना स्थापनाका लागि निवेदन दर्ता गरेको छ । सो आयोजनाको लागत रु ६२ करोड ५६ लाख ३३ हजार बराबरको रहने जनाइएको छ ।

माइखोला हाइड्रोको नाममा तीन मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यका साथ उद्योग दर्ता भएको छ । सो आयोजनाको लागत रु ५५ करोड ५८ लाख ९० हजार ४८६ रहने गरी विभागमा दर्ता भएको हो ।

उद्यमी ज्ञानेन्द्रलाल प्रधानले धादिङको आँखु खोलामा आँखु खोला जलविद्युत् आयोजना निर्माण गर्ने गरी उद्योग दर्ता गरेका छन् । सो आयोजनाको लागत रु छ अर्ब ३० करोड ९६ लाख ४२ हजार ३२३ रहनेछ । कूल ४२ दशमलव पाँच मेगावाट क्षमताको सो आयोजनाले ७० जनालाई रोजगारी दिनेछ ।

यस्तै २० मेगावाट क्षमताको दोलखा जिल्लामा आयोजनास्थल रहने हिम पर्वत हाइड्रोपावर कम्पनी विभागमा दर्ता भएको छ । आयोजनाको कूल लागत रु तीन अर्ब २९ करोड छ । आयोजनाले ५२ जनालाई रोजगारी दिनेछ ।

यस्तै आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीमा आयोजनास्थल रहने गरी हाइड्रो सपोर्ट प्रालि दर्ता गराएका छन् । सो आयोजनाको क्षमता ५३ दशमलव ५३ मेगावाटको छ । आयोजनाको लागत रु १० अर्ब ९५ करोड १३ लाख १० हजार रहेको छ ।

सो आयोजनाले ५१ जनालाई रोजगारी दिनेछ । यस्तै पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यसहित शिखर हाइड्रोपावर कम्पनी दर्ता भएको छ । आयोजनाको लागत रु ९० करोड छ लाखको छ ।

सौर्य ऊर्जा उत्पादन गर्ने गरी तीन नयाँ कम्पनीले विभागबाट स्वीकृति लिएका छन् । तनहुँमा आयोजनास्थल रहने गरी सोलार फर्म प्रालिले पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । विभागबाट अनुमति लिएको प्रवद्र्धक कम्पनीले रु ५० करोड लगानी गर्नेछ ।

यस्तै रिडी हाइड्रोपावरले रुपन्देहीको तिलोत्तमामा आठ दशमलव पाँच मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको लागत रु ६५ करोड ४६ लाख ६२ हजार ५०० छ ।

यस्तै अपि पावर कम्पनीले रौतहटको चन्द्रपुर– ५ मा चार मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने भएको छ । सो आयोजनाको लागत रु ३२ करोड १२ लाख ४० हजारको छ ।

रमेश लम्साल/रासस

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ४ : ५८ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा