‘देसी दारु’को सेवनबाट भारतमा १७ जनाको मृत्यु « Khabarhub

‘देसी दारु’को सेवनबाट भारतमा १७ जनाको मृत्यु


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी– भारतको आसाममा विषाक्त मदिरा (देसी दारु)को सेवनबाट कम्तीमा १७ जनाको ज्यान गएको छ । राजधानी गुवाहाटीबाट ३ सय १० किलोमिटर टाढा गोलाघाटमा भन्ने स्थानमा रहेको चिया बगानमा काम गर्ने मजदुरले विषाक्त मदिराको सेवन गर्दा भएको घटनामा अरु ४० जना भन्दा धेरै सिकिस्त बिरामी परेका छन् ।

साप्ताहिक पारिश्रमिक आएपछि स्थानीय चिया बगानका १ सय जनाभन्दा धेरै कामदारले मदिरा सेवन गरेका थिए । मारिनेमा ७ जना महिलासमेत रहेका जनाइएको छ । मदिरा सेवनपछि बिमारी परेकाहरुलाई अस्पतालमा भर्ना गर्ने क्रम जारी रहेको स्थानीय अधिकारीले जनाएका छन् ।

सिकिस्त बिमारी परेकामध्ये केहीको अवस्था नाजुक रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

दुई साताअघि मात्रै भारतको उत्तराखण्डमा विषाक्त मदिरा सेवनपछि १ सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।

‘देसी शराब’ वा ‘देसी दारु’ भनेर चिनिने निम्नस्तरका मदिराको सेवनबाट भारतमा वर्षेनी कयौँको ज्यान जाने गर्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ५ : २० बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका