महन्थ ठाकुरको आरोप– केन्द्र सरकारले अधिकार खोस्यो « Khabarhub

महन्थ ठाकुरको आरोप– केन्द्र सरकारले अधिकार खोस्यो


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सङ्घीय सरकारले प्रदेश र स्थानीय दुवै तहको सरकारको अधिकार खोसेको आरोप लगाएका छन् ।

प्रदेशस्तरीय बैठकमा भाग लिन जनकपुरधाम आएका उनले शुक्रबार पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकारले कानून निर्माणदेखि विकास निर्माणसम्मका कुरामा एकलौटी निर्णय गरिरहेको जिकिर गरे ।

“सरकार बनाउन हामीले समर्थन गरेका थियौँ न कि त्यसको पछिपछि हिँड्ने भनेर, राजपाको जारी प्रदेशस्तरीय बैठक सकिएपछि सङ्घीय सरकारविरुद्ध हामी कुन रुपमा अघि बढने बारे निर्णय लिनेछौँ”, उनले भने ।

उनले सरकारबाट समर्थन फिर्ता लिने नलिनेबारे पार्टीभित्र छलफल जारी रहेको र केही दिनमै निष्कर्षमा पुग्ने पनि बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १० : ०४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु