जंगली जनावरको आक्रमणबाट घाइते भएकालाई निकुञ्जबाट राहत | Khabarhub Khabarhub

जंगली जनावरको आक्रमणबाट घाइते भएकालाई निकुञ्जबाट राहत


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– वन्यजन्तुको आक्रमणका घाइतेलाई लाङटाङ राष्ट्रिय निकुञ्जले राहत प्रदान गरेको छ ।

उक्त निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार गत वर्ष लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केका भालुको आक्रमणमा परी घाइते दुई व्यक्तिलाई राहत र अन्य जन्तुको टोकाइबाट क्षति भएका दुई घोडाको क्षतिपूर्ति बापतको रकम बिहीबार प्रदान गरिएको हो ।

भालुको आक्रमणबाट सामान्य घाइते राम्चेका कैसाङ तामाङलाई रु २० हजार र भालुकै आक्रमणबाट अर्का घाइते सरमथलीका पूर्णबहादुर तमाङका श्रीमती पूर्णकुमारीलाई रू एक लाख राहत प्रदान गरिएको हो । यसैगरी जङ्गली जनावरको आक्रमणबाट क्षति भएका दुई वटा घोडाको भने रु ३०/३० हजार क्षतिपूर्ति प्रदान भएको प्रमुख संरक्षण अधिकृत रानाले बताइन् ।

आफ्नो कार्य क्षेत्रको वन जङ्गलका जङ्गली जनावरले लाङटाङ निकुञ्ज क्षेत्रमा बसोबास गर्ने मानिस वा चौपाया क्षति वा घाइते तुल्याएमा राहतका लागि रु एक करोड चार लाख ८६ हजारको अक्षयकोषबाट प्राप्त व्याजले राहत एवं क्षतिपूर्तिको व्यवस्था मिलाउँदै आएको निकुञ्जका वन प्राविधिक अजित पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १० : ०८ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका