जंगली जनावरको आक्रमणबाट घाइते भएकालाई निकुञ्जबाट राहत « Khabarhub

जंगली जनावरको आक्रमणबाट घाइते भएकालाई निकुञ्जबाट राहत


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– वन्यजन्तुको आक्रमणका घाइतेलाई लाङटाङ राष्ट्रिय निकुञ्जले राहत प्रदान गरेको छ ।

उक्त निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार गत वर्ष लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केका भालुको आक्रमणमा परी घाइते दुई व्यक्तिलाई राहत र अन्य जन्तुको टोकाइबाट क्षति भएका दुई घोडाको क्षतिपूर्ति बापतको रकम बिहीबार प्रदान गरिएको हो ।

भालुको आक्रमणबाट सामान्य घाइते राम्चेका कैसाङ तामाङलाई रु २० हजार र भालुकै आक्रमणबाट अर्का घाइते सरमथलीका पूर्णबहादुर तमाङका श्रीमती पूर्णकुमारीलाई रू एक लाख राहत प्रदान गरिएको हो । यसैगरी जङ्गली जनावरको आक्रमणबाट क्षति भएका दुई वटा घोडाको भने रु ३०/३० हजार क्षतिपूर्ति प्रदान भएको प्रमुख संरक्षण अधिकृत रानाले बताइन् ।

आफ्नो कार्य क्षेत्रको वन जङ्गलका जङ्गली जनावरले लाङटाङ निकुञ्ज क्षेत्रमा बसोबास गर्ने मानिस वा चौपाया क्षति वा घाइते तुल्याएमा राहतका लागि रु एक करोड चार लाख ८६ हजारको अक्षयकोषबाट प्राप्त व्याजले राहत एवं क्षतिपूर्तिको व्यवस्था मिलाउँदै आएको निकुञ्जका वन प्राविधिक अजित पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १० : ०८ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक