चाडपर्वलाई लक्षित गर्दै सवारी साधनको रुट परमिट खुल्ला गरिने « Khabarhub

चाडपर्वलाई लक्षित गर्दै सवारी साधनको रुट परमिट खुल्ला गरिने


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीका महान चार्ड दशैँ, तिहार, छठलगायतको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ ।

सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् ।

चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गरिनेबारे गृहकार्य भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

दशैँ, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रुट इजाजत खुला गरिने उनले बताए । सरकारको यो निर्णयसँगै एउटा रुट अनुमति पाएको सवारी साधनले बिना रोकटोक र अवरोध मुलुकका जुनसुकै रुटमा चलाउन पाउने छन् ।

सवारी साधनको अग्रिम टिकट बुकिङ असोज ५ देखि खुला गरिएको पनि हमालले बताए ।

यात्रु ठग्नेलाई ठाउँको ठाउँ कारबाही

विगतमा चाडपर्वका बेला सवारी साधनले यात्रुसँग निर्धारितभन्दा बढी भाडा लिने गरेको पाइए पनि यो वर्ष त्यस्तो कुनै घटना नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।

बढी भाडा लिएको भेटिएमा यो वर्ष ठाउँको ठाउँ कारबाही गर्ने अधिकारसहितको अनुगमन समिति बनाइएको र सम्पूर्ण जिम्मेवारी दिइएको महानिर्देशक हमालले जानकारी दिए ।

उनका अनुसार यात्रु ठग्नेलाई जरिवाना गरी लिएको बढी भाडा फिर्तासमेत गराइने छ । यातायात व्यवस्था ऐनअनुसार बढी भाडा लिने सवारी साधनलाई पाँच हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : ४४ बजे

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी

पार्टीलाई निर्णायक शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल 

काठमाडौं – नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय

पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको

एमाले महाधिवेशन : दिउँसो चार बजेपछि विद्युतीय मतदान, कहिले आउँछ परिणाम ?

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा