मोबाइलमा युट्युब चलेन, यसरी बनाउन सकिन्छ ‘फास्ट’ « Khabarhub

मोबाइलमा युट्युब चलेन, यसरी बनाउन सकिन्छ ‘फास्ट’


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

स्मार्ट फोन प्रयोगकर्ताहरुका लागि युट्युब अपरिहार्य जस्तै बनेको छ । युट्युबमा दैनिक हजारौंको संख्यामा नयाँ भिडियो अपलोड हुन्छन् । कुनै रमाइलोका लागि त कुनै ज्ञानवर्द्धक सामग्री पस्किएका हुन्छन् ।

युट्युब हेरेर समय बिताउनेको संख्या पनि ठूलो छ । अडियो र भिडियोसहित धेरै कुराको जानकारी लिन युट्युब उपयुक्त माध्यम भएपनि कहिले काहिँ भिडियो अड्किने, स्लो हुने र नचल्ने समस्याले प्रयोगकर्तालाई हैरान बनाइरहेको हुन्छ ।

यदि तपाईले पनि त्यस किसिमको समस्या भोगिरहनु भएको छ यहाँ केही समाधानका उपाय प्रस्तुत गरिएका छन्, जुन तपाइका लागि निकै उपयोगी हुनसक्छ ।

तपाईको फोन, डेक्सटप, ट्याबलेटमा ब्राउजर खोल्नुहोस् । त्यसमा युट्युब खोलेर देब्रे साइडको माथि पट्टी रहेको तीन धर्का भएको मेनुमा क्लिक गर्नुहोस् । स्मार्टफोनमा हो भने हिस्ट्रीमा क्लिक गरि क्लियर ब्राउजिङ डाटा गर्नुहोस् । यदि डेक्सटप चलाइरहनु भएको छ भने, ‘मोर’ टुल्समा क्लिक गरी क्लियर ब्राउजिङ डाटा दबाउनुहोस् ।

एन्ड्रोइड, म्याक र पीसीका प्रयोगकर्ताले समय सिमा छनोट गरि डेटा हटाउन सक्नुहुनेछ । तर, आईफोन प्रयोगकर्ताले भने यो सुविधा पाउने छैनन् । त्यसपश्चात त्यहाँ देखाइएका अप्सनहरु मध्य ‘कुकिज एण्ड साइड डेटा’ वा ‘केच इमेज एण्ड फाइल’ छनोट गर्नुहोस् । अन्त्यमा क्लियर डेटा गरेर युटुबको भिडियो स्लो हुने समस्या कम गर्न सक्नुहुनेछ ।

त्यस्तै युट्युवको क्वालिटी परिवर्तन गरेर पनि स्लो हुने समस्याको समधान गर्न सक्नुहुनेछ । त्यसका लागि युट्युब भिडियो ओपन गरेर भिडियोको दाहिने साइडको माथि कुनामा रहेको तीन प्वाइन्टर गियर आइकनमा क्लिक गर्नुहोस् ।

त्यहाँ दिएको क्वालिटी अप्सनमा क्लिक गरि सबैभन्दा कम क्वालिटी छनोट गर्न सकिनेछ । यसले भिडियो क्वालिटी घट्छ तर भिडियो रोकिने समस्या बन्द हुुन्छ ।

पछिल्लो समय नेटको स्पीड अनुसार युट्युले भिडियोको क्वालिटी अटो मेनेज गर्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ८ : ०९ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन