वैदेशिक रोजगारीका समस्या –श्रम सम्झौता अनुसार श्रमिकले पाएनन् सेवा सुविधा | Khabarhub Khabarhub

वैदेशिक रोजगारीका समस्या –श्रम सम्झौता अनुसार श्रमिकले पाएनन् सेवा सुविधा


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा संस्थागत १ सय १० वटा देशका लागि श्रम स्वीकृति खुला गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ११ वटा देशसँग आफ्ना श्रमिकका हकहितका लागि सरकारीस्तरमा श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

मलेसिया, ओमन, कतार, जोर्डन, इजरायल, यूएई, बहराइन, जापान, दक्षिण कोरिया, युएई र मोरिसससँग सरकारीस्तरमा श्रमिक पठाउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर मन्त्रालयले गरेको हो । यी देश पुगेका नेपाली श्रमिकले श्रम सम्झौतापत्रमा हस्ताक्षर भएअनुसार अधिकार पाउन भने सकेका छैनन् ।

श्रम सम्झौता भएका देश रोजगारीमा जाने नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा सुविधा र अधिकार पाउने विषयलाई उल्लेख गरिएको छ । सम्झौता भएका देशसँग बासस्थान र कार्यस्थलमा हुने दुर्घटनामा श्रमिक पर्दा पाउने २४ घण्टे बिमा भने प्रथामिकताभित्र परेको छैन । मलेसियासँग भएको श्रम सम्झौतामा सरकारले २४ घण्टे बिमालाई अनिवार्य गरिएको छ ।

पासपोर्ट रोजगारदाता कम्पनीले राखि दिने हुँदा कम्पनी र कामसँग कम्पनी परिवर्तन गर्दा श्रमिकको हैसियत गैरकानुनी हुने गरेको छ । श्रम सम्झौतामा पासपोर्ट कामदारले राख्न पाउने उल्लेख गरिएको छ ।

नेपाली भाषामा श्रमिकलाई करारपत्र उपलब्ध गराउनुपर्ने प्रावधान सवै देशसँग भएको सम्झौतामा समेटिएको छ । तर, खाडीका देश र मलेसिया रोजगारीमा पुगेका कामदार निश्चित समयपछि कम्पनी परिवर्तन गर्ने सुविधा भए पनि उनीहरुलाई यो अधिकार पाएको छैन ।

यसैगरी, श्रम सम्झौता भएका देश गएका श्रमिकले न्यूनतम तलब, श्रमिकले दुई वर्षमा एक पटक फिर्ता टिकटसँग तलबी बिदा पाउने, सामाजिक सुरक्षा, स्वास्थ्य र बैंकमार्फत तलबको भुक्तानीका विषयलाई पनि श्रम समझदारीमा उल्लेख गरिएको छ । यो सुविधा पनि धेरै विदेशमा कार्यरत नेपाली श्रमिकले उपभोग गर्ने पाएका छैन ।

दुर्घटना बिमा, स्वास्थ्य बिमा हुनुपर्ने, श्रमिकको जीवन बिमा र बिमाले चौबीसै घण्टाको जोखिम समेट्नुपर्ने विषयलाई श्रम सम्झौतामा समेटिएको छैन ।

यसरी नसमेटिदाँ श्रम सम्झौता भएका देशमा रोजगारीमा लागि गएका कामदारको समस्या जस्ताको उस्तै छन् । उनीहरुले बिरामी हुँदा उपचार पनि गर्ने राम्रो गरी नपाएको समस्या लिएर वैदेशिक रोजगार प्रवद्र्धन सचिवलयमा कामदार आउने गरेका छन् ।

श्रम सम्झौता गरेका देशसँग कार्यन्वयनको पाटो फितलो हुँदा ती देश पुगेका नेपाली श्रमिकले समझादारीमा समेटिएको अधिकार पाउनबाट बञ्चित भएको वैदेशिक रोजगार विज्ञ मधुविशाल पन्डित बताउँछन् । श्रमिकका लागि सवैभन्दा ठुलो विषय भनेको बासस्थान र कार्यस्थलमा हुने दुर्घटना भएको विज्ञ पन्डितले बताए ।

‘गन्तव्य मुलुकमा हुन सक्ने बेचबिखन र बाध्यकारी श्रमबाट संरक्षण तथा महिला कामदारका अधिकारबारे पनि प्रष्ट खुलाइएको छैन । २४ घण्टे बिमा नहुँदा कामदार सबैभन्दा बढी पीडामा पर्छन् ।

यस्ता महत्वपूर्ण विषयमा श्रम सम्झौतामा अनिवार्य समावेश गर्नुपर्छ । महत्वपुर्ण विषय नै छुटेको छ’ उनले भने, ‘प्रमुख गन्तव्य देशमा राजनीनिक र सत्ता परिवर्तनको प्रभावका कारण पनि समस्या समाधानभन्दा सरकारलाई रुजाउन तिर धेरै राजदूतले जोड गर्छन् ।

जसका कारण श्रम सम्झौतामा भएका विषयलाइ राजदूतले उठाउन सक्ने अवस्था हुँदैन ।’ गन्तव्य मुलुकमा जानुअघि त्यो देश र गर्ने कामबारे प्रशिक्षणका लागि सरकारले श्रम सम्झौतामै माग गर्नुपर्ने उनको भनाइ छ ।

कार्यस्थल र बासस्थानमा भएको क्षतिपूर्तिबाट बञ्चित

खाडीका देश र मलेसिया रोजगारीका लागि गएका कामदार कार्यस्थल र बासस्थानमा दुर्घटनामा परी मृत्यु भएका ५० प्रतिशतले क्षतिपूर्ति सम्बन्धीत देशका कम्पनीबाट नपाउने गरेको सरकारी तंथ्याकमा छ ।

खाडी र मलेसिया रोजगारीमा गएका श्रमिकले दुर्घटनाको मात्रै बिमा गरिने हुँदा सडकसँग बासस्थानमा भएका दुर्घटनाको उपचार खर्च पाउनबाट बञ्चित भइरहेका छन् । यसरी दुर्घटनामा परेका कतिपय कामदारको शव रोजगारदाता कम्पनीले स्वदेश पठाउन मान्ने गरेका छैनन् ।

उपचार खर्च रोजगारदाता देशका कम्पनीले नबेहोर्दा विदेशी अस्पतालमै उपाचार कुरेर बस्न धेरै कामदार बाध्य छन् । यी सवै विषयमा श्रम सम्झौतामा उल्लेख गरिएको श्रम मन्त्रालयले जनाएको छ । तर, रोजगारदाता देशमा श्रमिकको अवस्थाका बारेमा सरकारी निकाय बेखर देखिन्छ ।

श्रम सम्झौतामा कामदारको शुल्क (यातायात, भिसा र टिकट) रोजगारदाताले कप्पनीले व्यहोर्ने कुरा निश्चित, कामदारको न्यूनतम योग्यता र भाषासम्बन्धी ज्ञान, सीप, उमेर र अनुभवबारे प्रस्ट खुलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगत वैदेशिक रोजगार महाशाखाका सहसचिव उमेश ढुगांनाले जानकारी दिए ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सम्पुर्ण सुविधा र समस्या सम्बोधन हुने विषय खुलाइएको उनको भनाइ छ । श्रम सम्झौता पुन नवीकरण गर्दा हाल भएका समस्या सम्बोधनक लागि पहल हुने सहसचिव ढुंगानाको दाबी छ ।

ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीमा कार्यरत खाडीका साउदी अरब, कुवेत, र बहराइनसँग श्रम सम्झौता पहल गरेपनि सरकार सफल भएको छैन । यस्तै, ओमन, कतार र टर्कीसँग श्रम सम्झौताका विषयमा ड्राफ्ट आदानप्रदान भइसकेको श्रम मन्त्रालयले जनाएको छ । यस्तै युरोपका केही देशसँग पनि श्रम सम्झौता विषयमा छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : ५३ बजे

सम्झनामा तारादेवी : सांस्कृतिक साँझ र सम्मान कार्यक्रम

काठमाडौं– नेपाली गीतसङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाएकी गायिका तारादेवीलाई

कति सहज छ ‘डिजिटल अर्थतन्त्र’को बाटो ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार विधेयक ल्याउन बृहत छलफल

यस्ता संकेत देखिए बुझ्नुहोस्, आमा बन्न कठिनाइ हुनेछ

काठमाडौं– पछिल्लो समय बाँझोपनको समस्या बढ्दै गइरहेको छ । अहिलेको समयमा

जाडोको समयमा खानुहोस् यी सुप

काठमाडौं– रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज