लालीगुराँसमा हुन्छन् यस्ता औषधीय गुण, कसरी गर्ने प्रयोग ? « Khabarhub

लालीगुराँसमा हुन्छन् यस्ता औषधीय गुण, कसरी गर्ने प्रयोग ?


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालिगुराँस नदेख्ने सायदै नहोलान् । यसलाई देखे पनि यसको फाइदा बारे जो कोहीलाई थाहा नहुन सक्छ ।

लालीगुराँस देख्नमा जति सुन्दर हुन्छ, स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । पहाडी तथा हिमाली भु–भागमा लटरम्म फुल्छ लालिगुँरास ।

गर्मीमा लू, रुघाखोकी, ज्वरोजस्ता अनेकौं रोग भगाउन लालिगुराँस महत्वपूर्ण मानिन्छ । गुराँसको फूलबाट तयार पारिएको जुस तथा अन्य उत्पादन सेवन गर्नाले मुटु स्वस्थ हुनुका साथै शरीरमा रगतको मात्रा बढाउन समेत महत्वपूर्ण मानिन्छ । लालीगुराँसमा पाइने औषधीय गुण यस्ता छन-

मुटु रोगीका लागि फाइदाः

रोडोडेन्ड्रन प्रजातिको यी फूलहरु रातो, सेतो र निलो फुल्ने गर्दछ । रातो फूल औषधीय गुणले भरपूर हुन्छ ।

विशेषगरी हृदय रोगबाट पीडित व्यक्तिले प्रतिदिन एक गिलास लालीगुराँसको जुस पिउन सकेमा एकदमै फाइदाजनक हुने चिकित्सक बताउँछन् ।  लालीगुराँसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न नदिई हृदय रोगसँग सम्बन्धित अन्य खतरा न्यून गर्न पनि महत्वपूर्ण भूमिका खेल्दछ ।

रगतको कमी हुन दिँदैनः

लालीगुराँसको जुसको प्रयोगले शारीरिक विकास र रगतको कमी हुन दिँदैन । उच्च हिमाली क्षेत्रमा पाइनले गुलाबी रंग तथा सेतो रंगको लालिगुराँमा पनि उत्तिकै औषधीय गुण हुने चिकित्सकहरु बताउँछन् । हिमाली क्षेत्रमा फूल्ने लालिगुराँसलाई कतै कतै चिमाल पनि भन्दछन् ।

रक्तचाप कम गर्छः

यसको नियमित सेवनले रक्तचाप बढ्न दिँदैन । उच्च रक्तचाप नियन्त्रणका लागि लालिगुराँसको जुस उत्तम मानिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन बी हुने गर्दछ । मौसम परिवर्तनका समयमा भिटामिन बीको कारणले शरीरमा परिवर्तन आई अनेकौं रोगहरु जस्तै खोकी, ज्वरो आउने गर्दछ । यस्तो अवस्थामा गुराँसको जुसले औषधीकै रुपमा काम गर्दछ ।

मिर्गौंला सम्बन्धी रोग नियन्त्रण गर्नः

लालीगुराँसको जुसको सेवनले मृगौला सम्बन्धी रोगबाट बचाउन मद्दत गर्दछ । नियमित गुराँसको जुस सेवनले शरीरमा रोग प्रतिरक्षात्मक क्षमता समेत विकास गर्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : ५९ बजे

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय