यु–१८ साफ च्याम्पियनसिप – भुटानविरुद्धको खेलमा दुई जना नेपाली खेलाडी परिवर्तन हुने सम्भावना « Khabarhub

यु–१८ साफ च्याम्पियनसिप – भुटानविरुद्धको खेलमा दुई जना नेपाली खेलाडी परिवर्तन हुने सम्भावना


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठखमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिपमा नेपालले आज भुटानविरुद्ध खेल्दैछ ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा दिउँसो ३ बजेबाट शुरु हुने खेलमा नेपाली टोलीको शुरुवाती ११ मा केही खेलाडी परिवर्तन हुने भएका छन् ।

भुटानविरुद्धको खेलमा जीतको विकल्प नरहेको नेपाली टोलीलाई जीतसँगै गोल अन्तर पनि आवश्यक रहेको मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले बताए ।

प्रशिक्षक श्रेष्ठले समूह विजेता हुन भुटानविरुद्धको खेलमा जीत अनिवार्य रहेको बताएका हुन् ।

‘आजको खेलमा हामीले जीत निकाल्नुको विकल्प छैन्,’ प्रशिक्षक श्रेष्ठले भने,‘भुटानलाई कमजोर नआँकेर खेल्छौं । विपक्षी टोलीविरुद्ध राम्रो शुरुवात गर्ने लक्ष्य रहेको छ ।’

समूह ए मा रहेको नेपालले यसअघि पहिलो खेल माल्दिभ्ससँग खेलिसकेको छ । उक्त खेलमा १–१ बराबरीमा रोकिएको थियो ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालका मिडफिल्डर नितिन थापालाई चोट लागेको थियो । तर, उनको चोट निको भइसकेको र भुटानविरुद्ध मैदान उत्रिने प्रशिक्षक श्रेष्ठले बताए ।

माल्दिभ्सविरुद्धको खेलका क्रममा सब्स्टीच्युट भएका अञ्जल महर्जन र मनिस थापा भुटानविरुद्ध शुरुवातदेखि नै मैदान उत्रिने सम्भावना रहेको जनाइएको छ ।

माल्दिभ्सविरुद्धको खेलमा मनिश खेलको ५६ औं मिनेटमा रोशन राना मगरको स्थानमा मैदान प्रवेश गरेका थिए भने रक्षक अञ्जल रोशन दोङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

भुटानविरुद्ध जीत निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा रहेको नेपालले भुटानसँग फराकिलो गोल अन्तर पनि आवश्यक रहन्छ यदी समूह विजेता नै बन्ने हो भने ।

किनकी माल्दिभ्सले भुटानविरुद्ध पनि खेल्न बाँकी रहेकाले उनीहरुले राम्रो गर्न सके नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

त्यस्तै, प्रतियोगिताको पहिलो खेल खेल्न लागेको भुटान नेपालविरुद्ध जीतको लक्ष्यमा रहेको प्रशिक्षकले यसअघि नै बताइसकेका छन् । नेपालले घरेलु मैदानको फाइदा उठाउँदै जीत निकाल्ने अवसर पाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १२ : २७ बजे

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)