यु–१८ साफ च्याम्पियनसिप – भुटानविरुद्धको खेलमा दुई जना नेपाली खेलाडी परिवर्तन हुने सम्भावना | Khabarhub Khabarhub

यु–१८ साफ च्याम्पियनसिप – भुटानविरुद्धको खेलमा दुई जना नेपाली खेलाडी परिवर्तन हुने सम्भावना


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठखमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिपमा नेपालले आज भुटानविरुद्ध खेल्दैछ ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा दिउँसो ३ बजेबाट शुरु हुने खेलमा नेपाली टोलीको शुरुवाती ११ मा केही खेलाडी परिवर्तन हुने भएका छन् ।

भुटानविरुद्धको खेलमा जीतको विकल्प नरहेको नेपाली टोलीलाई जीतसँगै गोल अन्तर पनि आवश्यक रहेको मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले बताए ।

प्रशिक्षक श्रेष्ठले समूह विजेता हुन भुटानविरुद्धको खेलमा जीत अनिवार्य रहेको बताएका हुन् ।

‘आजको खेलमा हामीले जीत निकाल्नुको विकल्प छैन्,’ प्रशिक्षक श्रेष्ठले भने,‘भुटानलाई कमजोर नआँकेर खेल्छौं । विपक्षी टोलीविरुद्ध राम्रो शुरुवात गर्ने लक्ष्य रहेको छ ।’

समूह ए मा रहेको नेपालले यसअघि पहिलो खेल माल्दिभ्ससँग खेलिसकेको छ । उक्त खेलमा १–१ बराबरीमा रोकिएको थियो ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालका मिडफिल्डर नितिन थापालाई चोट लागेको थियो । तर, उनको चोट निको भइसकेको र भुटानविरुद्ध मैदान उत्रिने प्रशिक्षक श्रेष्ठले बताए ।

माल्दिभ्सविरुद्धको खेलका क्रममा सब्स्टीच्युट भएका अञ्जल महर्जन र मनिस थापा भुटानविरुद्ध शुरुवातदेखि नै मैदान उत्रिने सम्भावना रहेको जनाइएको छ ।

माल्दिभ्सविरुद्धको खेलमा मनिश खेलको ५६ औं मिनेटमा रोशन राना मगरको स्थानमा मैदान प्रवेश गरेका थिए भने रक्षक अञ्जल रोशन दोङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

भुटानविरुद्ध जीत निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा रहेको नेपालले भुटानसँग फराकिलो गोल अन्तर पनि आवश्यक रहन्छ यदी समूह विजेता नै बन्ने हो भने ।

किनकी माल्दिभ्सले भुटानविरुद्ध पनि खेल्न बाँकी रहेकाले उनीहरुले राम्रो गर्न सके नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

त्यस्तै, प्रतियोगिताको पहिलो खेल खेल्न लागेको भुटान नेपालविरुद्ध जीतको लक्ष्यमा रहेको प्रशिक्षकले यसअघि नै बताइसकेका छन् । नेपालले घरेलु मैदानको फाइदा उठाउँदै जीत निकाल्ने अवसर पाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १२ : २७ बजे

माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री

जेन–जी आन्दोलनमा दमनबारे मध्यराति बालेनको स्टाटस : प्रधानमन्त्रीलाई दिए ‘आतङ्कवादी’को संज्ञा

काठमाडाैं – जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता गुरुङ

काठमाडौं – सञ्चार सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा

जेनजी समूहको निष्कर्ष : अराजक समूहले आन्दोलनमा घुसपैठ गरे, हामी रोकिँदैनौँ

काठमाडौं – जेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको आन्दोलन मंगलबार

प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको