मन पर्दैन करीना कपूरलाई सैफ अली खानको यो बानी | Khabarhub Khabarhub

मन पर्दैन करीना कपूरलाई सैफ अली खानको यो बानी


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड हस्ती सैफ अली खान र करीना कपूरलाई सुन्दर जोडी मान्ने गरिन्छ । यो जोडीले एकअर्कालाई सधै सपोर्ट गर्ने गर्छन् ।

उनीहरुको यो सहयोगी आदत अरु सेलिब्रेटीका लागि पनि प्रेरणादायी बनेको छ । यी दुईबीच राम्रो समझदारीपन छ । तर, एउटा सैफको एउटा बानी भने करीनालाई पटक्कै मन पर्दैन ।

एक च्याट शोका दौरान करीनासँग सोधियो कि, सैफको कुन आदत तपाईंलाई फिटिक्कै मन पर्दैन?

यसबारेमा उदाहरण दिँदै करीनाले सुनाइन्, ‘यदि मैले सैफसँग भनुँ कि, के सोफा मेरा लागि बनाइदिनुहुन्छ, यसमा पहिलो जवाफ नाइँ नै हुन्छ, यसको ३ घण्टापछि उहाँ मलाई म्यासेज गर्नुहुन्छ र भन्नुहुन्छ, सोफा बनाउनुपर्छ ।’

उनले अगाडि भनिन्, ‘त्यसपछि मेरो रियाक्सन हुन्छ, पहिले मैले सोध्दा चाहिँ किन मान्नुभएन?’

सैफको यही बानी करीनालाई मन नपर्ने उनले बताइन् । सैफ र करीनाका एक छोरा तैमुरुको पनि बलिउडमा उत्तिकै चर्चा हुने गर्छ । सैफ र करीना पहिलोजस्तो अहिले एकपछि अर्को गर्दै फिल्ममा भने देखिएका छैनन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ३ : ०९ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।