यी हुन् विश्वका उत्कृष्ट १० सुपर कम्प्युटर | Khabarhub Khabarhub

यी हुन् विश्वका उत्कृष्ट १० सुपर कम्प्युटर


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको सूचिकरण गर्ने दि टप फाइभ हन्ड्रेड परियोजनाले ५३औँ संस्करणअन्तरगत वर्तमान अवधिका लागि सुपर कम्प्युटरको वरियता सार्वजनिक गरेको छ ।

सन् १९९३ यता वर्षमा दुईपटक सुपर कम्प्युटरको तथ्यांक अध्यावधिक गर्दै आएको परियोजनाले हालै सार्वजनिक गरेको विश्वका उत्कृष्ट १० सुपर कम्प्युटरको वरियतामा खासै परिवर्तन भएको छैन ।

उत्कृष्ट १० सुपुर कम्प्युटर पूर्ववत अवस्थामै छन् । यद्यपि, दुईवटा नयाँ कम्प्युटर भने उत्कृष्ट १० को सूचीमा सूचीकृत भएका छन् ।

जसमध्येको एउटा सुपर कम्प्युटर विद्यमान प्रणालीकै भए पनि अतिरिक्त क्षमतामा अपग्रेड गरिएको छ । अमेरिकी कम्पनी आइबीएमले निर्माण गरेको सुपर कम्प्युटरले विश्वकै पहिलो र दोश्रो स्थान ओगटेका छन् । यस्तै, तेस्रो र चौथो नम्बरमा चिनियाँ सुपर कम्प्युटर परेका छन् ।

संख्यात्मक हिसाबले उत्कृष्ट पाँच सयको सूचीमा चीनका मात्रै सबैभन्दा धेरै २१९ ओटा सुपर कम्प्युटर रहेका छन् भने दोस्रोमा अमेरिकाका ११६ सुपर कम्प्युटर परेका छन् । त्यसपछि क्रमशः जापानका २९, फ्रान्स १९, बेलायतका १८ र जर्मनीका १४ ओटा रहेका छन् ।

‘समिट’

पहिलो स्थानमा रहेको ‘समिट’ नामक सुपर कम्प्युटरलाई अमेरिकाको टेन्नेसी राज्यस्थित ऊर्जा विभाग अन्तरगत रहको ओक रिज राष्ट्रिय प्रयोगशाला (ओआरएनएल) मा राखिएको छ । अघिल्लो ६ महिनाको तुलनमा पछिल्लो समय समिटको एचपीएलमा स्तरोन्नती गरिएको छ । जसले १४८ दशमलव ६ पेटाफ्लप रेकर्ड तयार पार्ने क्षमता राख्दछ ।

‘सियरा’

शक्तिशाली सुपर कम्प्युटरको दोस्रो स्थानसमेत आइबिएमले नै निर्माण गरेको सुपर कम्प्युटरले लिएको छ । ‘सियरा’ नामक उक्त सुपर कम्प्युटरलाई क्यालिफोर्नियामा रहेको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा राखिएको छ । यो कम्प्युटरको रेकर्ड क्षमता ९४ दशमलव ६ पेटाफ्लप रहेको छ ।

‘सनवे थाइहुलाइट’

चीनको नेशनल रिसर्च सेन्टर अफ प्यारलल कम्प्युटर इन्जिनियरिङ एण्ड टेक्नोलोजी –एनआरसीपीसीले विकास गरेको ‘सनवे थाइहुलाइट’ नामक सुपर कम्प्युटर विश्वकै शक्तिशाली कम्प्युटरको तेश्रो स्थानमा परेको छ । ९३ पेटाफ्लप रहेको यो सुपर कम्प्युटर चीनको जिङ्सु प्रान्तको वुसी स्थित राष्ट्रिय सुपर कम्प्युटर केन्द्रमा राखिएको छ ।

‘तियान्हे–२ ए’

चीनको प्रतिरक्षा प्रविधि राष्ट्रिय विश्वविद्यालय (एनयूडीटी) ले विकास गरेको ‘तियान्हे–२ ए’ (मिल्की वे–२ ए) सुपर कम्प्युटर चौथो नम्बरमा छ । ग्वान्जावमा रहेको राष्ट्रिय सुपर कम्प्युटर केन्द्रमा यसलाई राखिएको छ । ६१ दशमलव ४ पेटाफ्लप नतिजाका लागि तियान्हे–२ एमा एचपीएल इन्टेल एक्सोन तथा मेट्रिक्स–२००० प्रोसेसरको प्रयोग गरिएको छ ।

‘फ्रन्टेरा’

‘फ्रन्टेरा’ पछिल्लो समय उत्कृष्ट दशमा पर्न एक मात्रै नयाँ सुपर कम्प्युटर हो । सुरुवाती प्रवेशमा पाचौँ स्थान ओगट्न सफल यो सुपर कम्प्युटरको प्रोसेसिङ पावर एचपीएलमा २३ दशमलव ५ पेटाफ्लप रहेको छ । डेल सी ६४२० सिस्टम, इन्टेल एक्सोन प्लाटिनम ८२८० प्रोसेसर युक्त फ्रन्टेरालाई टेक्सास विश्वविद्यालय अन्तरगतको टेक्सास एड्भान्स कम्प्युटिङ सेन्टरमा राखिएको छ ।

‘पीज डायन्ट’

स्वीजरल्याण्डको स्वीस नेशनल सुपरकम्प्युटिङ सेन्टर (सीएससीएस) मा इन्स्टल गरिएको क्यारी एक्ससी ५० सिस्टममा आधारित ‘पीज डायन्ट’ छैटौँ नम्बरमा छ । २० दशमलव २ पेटाफ्लप क्षमताका यो सुपरकम्प्युटरमा इन्टेलको एक्सोन सीपीयू र एनभीडीआईए पी १०० जीपीयू प्रयोग गरिएको छ । पिज डायन्ट युरोपकै शक्तिशाली सिस्टम मानिन्छ ।

‘ट्रिनिटी’

लस आलमोस नेशनलल ल्याबोरेटरी र सन्दिया नेशनल ल्याबोरेटरीले सञ्चालन गरेको क्यारी एक्ससी ४० मा आधारित ‘ट्रिनिटी’ले सातौँ स्थान हासिल गरेको छ । २० दशमलव २ पेटाफ्लप पर्फमेन्स पावर रहेको यो सुपर कम्प्युटरलाई इन्टेल एक्सोन र एक्सोन फी प्रोसेसरले प्रवद्र्धन गरेको छ ।

एआई ब्रिजिङ क्लाउड इन्फ्रास्टक्चर

यसैगरी जापानको नेशनल इन्स्टिच्युट अफ एड्भान्स इन्डस्ट्रियल साइन्स एण्ड टेक्नोलोजी (एआईएसटी) मा जडान गरिएको ‘एआई ब्रिजिङ क्लाउड इन्फ्रास्टक्चर’ (एबीसीआई) विश्वका शक्तिशाली सुपर कम्प्युटरको सूचीमा आठौँ नम्बरमा छ । फुजित्सुले तयार पारेको १९ दशमलव ९ पेटाफ्लप रहेको यो सुपर कम्प्युटरमा इन्टेल एक्सोन गोल्ड प्रोसेसर र एनभीडीआईए टेस्ला भी १०० जीपीयू उपकरण जडान गरिएको छ ।

‘सुपर एमयूसी–एनजी’

१९ दशमलव ५ पेटाफ्लप क्षमताको ‘सुपर एमयूसी–एनजी’ नवौँ स्थानमा परेको छ । जर्मनीको गार्चिङ शहर स्थित लेइबेञ्ज सुपर कम्प्युटिङ सेन्टरमा रहेको यो सुपरकम्प्युटरमा लेनोभोले बनाएको मेसिनसँगै इन्टेल प्लाटिनम एक्सोन प्रोसेसर राखिएको छ ।

‘लेशन’

१८ दशमलव २ पेटाफ्लप क्षमता अपग्रेड गरिएको ‘लेशन’ सुपर कम्प्युटर १० औँ नम्बरमा छ । यो सुपर कम्प्युटरलाई विश्वकै दोस्रो शक्तिशाली सुपर कम्प्युटर ‘सियरा’ रहेको अमेरिकाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामै राखिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ३ : ५२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर