वैदेशिक रोजगार व्यवसायीको चुनाव– राजनीतिक प्रतिष्ठा जोगाउने होडवाजी « Khabarhub

वैदेशिक रोजगार व्यवसायीको चुनाव– राजनीतिक प्रतिष्ठा जोगाउने होडवाजी


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभा हुँदैछ । व्यवसायी संघको दुई वर्षेको कार्यकालका लागि वैदेशिक रोजगार व्यवसायीहरु छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

असोज ७ गते(मंगलवार) राजधानीमा हुने संघको २७ औं साधारणसभा तथा निर्वाचन मिति तय गरिएको छ ।

संघको साधारणसभामा राजनीतिक प्रतिष्ठा जोडिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैदेशिक रोजगार व्यवसायीको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका हुन् ।

उक्त चुनावमा आफ्नो पक्षको जीत निकाल्नका लागि दलहरुले शीर्ष नेतृत्वलाई नै जिम्मेवारी दिएको छ ।

निर्वाचनमा सत्तारुढ दल नेकपा निकट व्यवसायीहरु प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, गणतान्त्रिक वैदेशिक रोजगार मञ्च र तराई वैदेशिक रोजगार फोरमको संयुक्त प्यानल बनाई सरोज कुमार पोखरेलको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ ।

संघको महासचिव समेत रहेका व्यवसायी पोखरेल निविदा कन्सर्न प्रा.लि.का संचालक तथा मञ्च नेपालका संस्थापक अध्यक्ष समेत हुन् ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरु नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष विष्णु गैरेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका छन् । अक्सन इन्टरनेशनल प्रा.लि.का संचालक गैरेले संघका पूर्व उपाध्यक्ष समेत भएर काम गरिसकेका छन् ।

अध्यक्षसहित ७ पदाधिकारी र १० कार्यसमिति सदस्य गरी १७ पदका लागि हुने निर्वाचनमा दुवै तर्फका गरी ३४ उम्मेदवार मैदानमा उत्रिएका छन् । दुई वर्षमा संघको साधारण सभा हुने व्यवस्था छ । ६ सय ५८ जना व्यवसायीले साधारण सभामा भाग लिने छन् ।

जोगाउन र हराउने राजनीति

वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा राजनीतिक प्रभाव देखिएको छ । संघको साधारण सभामा सत्ता पक्ष नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसले आफना पक्षका व्यक्तिलाई संघको नयाँ नेतृत्व जिताउने कसरत गरिरहेका छन् ।

दुवै पार्टीले साधारण सभाका लागि केन्द्रीयस्तरका नेता खटाएका छन् ।

नेकपाका तर्फबाट रोजगारी फाँटका इन्र्चज श्रीप्रसाद शाह र सह–इन्र्चज लक्ष्मण पन्तलाई खटाइएको छ । यस्तै, कांग्रेसले केन्द्रीय सदस्य र पूर्व श्रम तथा रोजगार मन्त्री रमेश लेखकलाई व्यवसायी संघको साधारण सभामा खटाएको छ । दुवै पक्षका शीर्ष नेताहरुले राजनीतिक प्रतिष्ठाका लागि व्यवसायीहरुसँग लविङ र परामर्श गरिरहेका छन् ।

वर्तमान वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व नेकपा निकट छ ।

यसलाई निरन्तरता दिनका लागि नेकपा नेताले आफ्ना पक्षका व्यवसायी र अन्य गठबन्धन व्यवसायीहरुलाई पोखरेल नेतृत्वलाई जिताउनका लागि लविङ गरिरहेका छन् ।

दुई तिहाइ नेतृत्वको सरकारले व्यवसायीको चुनावलाई प्रतिष्ठासँग जोडेको छ भने प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सत्ता पक्षका व्यवसायीलाई हराएर नेकपालाई कमजोर भएको देखाउने अवसरको रुपमा लिएको छ ।

वैदेशिक रोजगार व्यवसायीहरु देशको रोजगारी र अर्थतन्त्रलाई सहयोग पुराउन पाटो भएका कारण राजनीतिक दलले सहयोग गर्नुपर्ने नेकपाको वैदेशिक रोजगारी इन्र्चज शाहले बताए ।

संघको साधारण सभालाई व्यवस्थित गर्न मात्र पार्टीले चासो दिएको उनको भनाइ छ ।

प्रतिष्ठा जगाउन र राजनीतिलाई जोडेर कसैलाई जिताउन नै पर्छ भनेर पार्टीले नखटाएको उनको भनाइ थियो ।

कांग्रेस नेता रमेश लेखक भने रोजगार व्यवसायीले राजनीतिमा चासो र आस्था राख्ने भएका कारण पार्टीले त्यसलाई ध्यान दिनु सामान्य भएको बताउँछन् ।

‘रोजगार व्यवसायीहरुले नै राजनीतिक चासो र आस्था राखेका हुन्छ । सोही अनुसार नै पार्टीले काम गर्ने हो ।’ कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री लखेकले बताए ।

लोकतान्त्रिक देशमा राजनीतिक प्रतिस्पर्धाबाट नेतृत्व छनोट भएर आउनुपर्ने उनको भनाइ छ । सोही अनुसार नै व्यवसायीपनि निर्वाचित हुनुपर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगार व्यवसायीलाई नयाँ उचाइमा पुराउन प्रयास गर्ने छु : पोखरेल 

वैदेशिक रोजगार व्यवसायीलाई नयाँ उचाइमा पुराउन प्रयास गर्नेगरी काम गर्ने योजना बनाएको प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार सरोज पोखरेलले बताए ।

‘व्यवसायीका हकहितका लागि काम गर्नुपर्ने भएकाले राजनीति दोस्रो पक्ष हो । सरकारले वैदेशिक रोजगार ऐन परिवर्तन गरेको छ । सोही अनुसार काम गर्नुपर्छ । वैदेशिक रोजगार क्षेत्रमा धेरै समस्या छन् । सवै व्यवसायीसँग छलफल गरेर समस्याका सामधान खोज्न प्रयास गर्ने छु’ उनले भने, ‘व्यवसायीलाई राजनीतिसँग जोडेर हेर्नुहुँदैन । तर, रोजगार व्यवसायीलाई राजनीतिबाट बेग्लै भएर काम गर्नेसक्ने अवस्था छैन ।’

राजनीति भन्दा व्यवसाय धेरै ठूलो विषय भएको भन्दै उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सहकार्य गरेर काम गर्नुपर्ने बताए ।

विगतका गल्तीलाई सच्याएर काम गर्ने छु : गैरे 

वैदेशिक रोजगार व्यवसायीलाई सवैतिरबाट धरापमा पार्ने काम भइरहेको गैरेले बताए ।

कांग्रेसनिकट लोकतान्त्रिक तर्फका अध्यक्षका उम्मेदवार गैरेले भने, ‘सवै तिरबाट वैदेशिक रोजगारी क्षेत्रलाई चेपुवामा पार्ने काम भइरहेका छ । यो विषयमा सबै सम्बन्धीत निकायसँग छलफल गर्नुपर्ने देखिन्छ । रोजगार व्यवसायीले व्यवसाय गर्ने वातावरण गर्ने अवस्था छैन । यस्ता समस्यामा मध्यनजर भएर काम गर्ने छु ।’

सरकारसँग वैदेशिक रोजगार व्यवसायी क्षेत्रका सवै समस्यालाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : ३७ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग