सागको अभ्यासमा रहेका खेलाडीलाई पाँच दिन दशैँ बिदा « Khabarhub

सागको अभ्यासमा रहेका खेलाडीलाई पाँच दिन दशैँ बिदा


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका खेलाडीले पाँच दिन बिदा पाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पाँच दिनको दशैं बिदा दिने तयारी गरेको राष्ट्रिय टोली छनोट समितिका संयोजक महेन्द्र कुमार राईले बताए ।

राखेपले असोज १९ देखि २३ गतेसम्म दशैं बिदा दिने तयारी गरिरहेको राईले बताए ।

‘नेपालीहरुको महान चाड दशैं भएकाले हामीले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पाँच दिनको बिदा दिन राखेपसँग माग गरेका छौं,’ राईले भने,‘हामीले १९ गते आइतबारदेखि बिदा दिने तयारीसहित राखेपमा पत्र पठाएका छौं ।’

बिदाबारे सदस्यसचिव रमेश कुमार सिलवालसँग कुरा भइसकेको बताए । उनले छिट्टै बिदा स्वीकृत हुने बताएका हुन् ।

साग आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । सागमा २७ खेल समावेश गरिएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : २७ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६