नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा कात्तिकमा हुने « Khabarhub

नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा कात्तिकमा हुने


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी कात्तिक ३० गते हुने भएको छ ।

बीएस्सी तथा पीसीएल नर्सिङ उत्तीर्ण गरेका नर्सहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी कात्तिक ३० गते हुने भएको हो । नेपाल नर्सिङ परिषद्ले सूचना जारी गर्दै नर्सहरुको लाइसेन्स परीक्षा कात्तिक ३० गते हुने जनाएको छ ।

बीएस्सी तथा पीसीएल नर्सिङ उत्तीर्ण गरेका नर्सहरुले नेपाल नर्सिङ परिषद्बाट लाइसेन्स लिएपछि मात्रै अस्पतालमा काम गर्न पाउँछन् ।

परिषद्ले लाइसेन्स परीक्षामा सहभागि हुने नर्सहरुलाई अनलाइनबाटै फर्म भर्ने व्यवस्था गरेको छ । त्यसका लागि परीक्षार्थीहरुले कात्तिक ८ गतेसम्ममा अनलाईन फारम भरेर परीक्षामा सहमागी हुनसक्ने छन् ।

लाइसेन्स परीक्षामा सहभागी हुनको लागि नेपाली नागरिकका लागि १ हजार ६ सय र विदेशी नागरिकका लागि पाँच हजार एक सय परीक्षा शुल्क तोकिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ५ : २० बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले