घरेलु मैदानमा नेपाली टोलीको लज्जास्पद हार « Khabarhub

घरेलु मैदानमा नेपाली टोलीको लज्जास्पद हार


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यु–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोली भुटानसँग पराजित भएको छ ।

सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको खेलमा नेपाल ३–० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा नेपाली टोलीको निकै फितलो प्रदर्शन रह्यो । अग्रपङ्तिमा मनिस डाँगी र ब्रिजेश चौधरीले सम्हालेका थिए ।

खेलको ४१ औं मिनेटमा यशी दोर्जेले  भुटानका लागि पहिलो गोल गरेका थिए भने ८६ औं मिनोटमा केलज्याङ जिग्मेले गोल गर्दै टिमका लागि दोहोरो अग्रता बनाए । त्यस्तै खेलको अन्तिम समयमा भुटानले थप एक गोल गर्दै ३-० को जीत हासिल गरेको हो ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : ५९ बजे

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)