अचम्म ! मानिसको टाउकोमा सिंग पलाएपछि… « Khabarhub

अचम्म ! मानिसको टाउकोमा सिंग पलाएपछि…


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसको सिंग हुँदैन, यो सबैलाई थाहा भएको विषय हो । यो प्राकृतिक कुरा पनि हो ।

सिंग केही जिवजन्तुहरुको मात्र हुन्छ । सिंगले जनावरलाई बाहिरी आक्रमणको प्रतिकार गर्न मद्दत गर्दछ । तर के तपाईले कुनै मानिसको सिंग देख्नुभएको छ ? पक्कै छैन होला । किनकी मानिसको सिंग हुँदैन ।

साना नानीहरु तथा केही जात्रा, मेला वा सांस्कृतिक कार्यक्रममा युवाले बत्ति बलेको प्लाष्टिकको कृत्रिम सिंग लगाउने गर्दछन् । मानिसको सिंग नहुनु कुनै नौलो कुरा होइन, तर कोही मानिसको सिंग छ भन्यो भने तपाई पत्याउनु हुन्छ ? पक्कै पत्याउनु हुन्न ।

भारतको मध्य प्रदेशको सागर जिल्लामा रहेको रहली गाँउमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउको सिंग पलाएको थियो । कुनै जनावरको सिंग झै बलियो र कडा श्यामलालको सिंग चार इञ्च भन्दा ठूलो थियो ।

श्यामलालका अनुसार ५ बर्ष पहिले टाउकोमा चोट लागेसंगै पलाउन शुरु गरेको सिंग विस्तारै ठूलो हुँदै गएको थियो । टाउको सिंग पलाएसँगै श्यामलाल शुरुवातमा निकै डराएका थिए । उनले पलाएको सिंग काट्ने निकै प्रयास गरे तर काट्दा पनि केही समयमा सिंग पलाएर आइहाल्थ्यो ।

सिंग काट्दा पनि नजाने तथा बढ्दै गएपछि श्यामलालले केही वर्ष निकै कष्टपूर्ण जीवन भोग्नुपर्याे । उनी सिंग पलाउने समस्या लिएर चिकित्सककोमा समेत पुगे । तर उनको टाउको सिंग देख्ने बित्तिकै धेरै चिकित्सक डराए र उपचार गर्न नसक्ने बताए । केही चिकित्सकले भने सिंग हटाउन निकै महंगो शुल्क लाग्ने बताए ।

श्यामलालसँग पर्याप्त रकम नभएका कारणले उनले सिंग पलाउने समस्या सहनुपर्याे । तर श्यामलालको समस्या थाहा पाएपछि सागर शहरको भाग्योदय नामक अस्पतालका चिकित्सकले उनको सिंग अप्रेसनको माध्यमबाट हटाउन सकिने बताए ।

केही दिन अघि सोही अस्पतालका चिकित्सकको टोलीले उनको सिंगको अप्रेसन गरी त्यसलाई जरैबाट हटाइदिए ।

अप्रेसनमा संलग्न चिकित्सकका अनुसार श्यामलालको समस्या दुर्लभ प्रकारको सेबेसियस हर्न नामक बिरामिले गर्दा भएको हो । मानिसको टाउकोमा सेबेसियस ग्ल्याडबाट निस्कने तथा ठुलो हुने गर्दछ ।

श्यामलालको टाउकोमा लागेको चोटका कारणले उनको सो ग्ल्याड बन्द भई निस्कनु पर्ने द्रब्य निस्किन पाएन, र सोहि द्रब्य जम्मा भई सिंगको रुप धारण गरेको चिकित्सकले बताएका छन् ।  अप्रेसनपछि श्यामलाल यादब बिना सिंगको जीवनयापन गरीरहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ५ : ३६ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट