अचम्म ! मानिसको टाउकोमा सिंग पलाएपछि... | Khabarhub Khabarhub

अचम्म ! मानिसको टाउकोमा सिंग पलाएपछि…


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसको सिंग हुँदैन, यो सबैलाई थाहा भएको विषय हो । यो प्राकृतिक कुरा पनि हो ।

सिंग केही जिवजन्तुहरुको मात्र हुन्छ । सिंगले जनावरलाई बाहिरी आक्रमणको प्रतिकार गर्न मद्दत गर्दछ । तर के तपाईले कुनै मानिसको सिंग देख्नुभएको छ ? पक्कै छैन होला । किनकी मानिसको सिंग हुँदैन ।

साना नानीहरु तथा केही जात्रा, मेला वा सांस्कृतिक कार्यक्रममा युवाले बत्ति बलेको प्लाष्टिकको कृत्रिम सिंग लगाउने गर्दछन् । मानिसको सिंग नहुनु कुनै नौलो कुरा होइन, तर कोही मानिसको सिंग छ भन्यो भने तपाई पत्याउनु हुन्छ ? पक्कै पत्याउनु हुन्न ।

भारतको मध्य प्रदेशको सागर जिल्लामा रहेको रहली गाँउमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउको सिंग पलाएको थियो । कुनै जनावरको सिंग झै बलियो र कडा श्यामलालको सिंग चार इञ्च भन्दा ठूलो थियो ।

श्यामलालका अनुसार ५ बर्ष पहिले टाउकोमा चोट लागेसंगै पलाउन शुरु गरेको सिंग विस्तारै ठूलो हुँदै गएको थियो । टाउको सिंग पलाएसँगै श्यामलाल शुरुवातमा निकै डराएका थिए । उनले पलाएको सिंग काट्ने निकै प्रयास गरे तर काट्दा पनि केही समयमा सिंग पलाएर आइहाल्थ्यो ।

सिंग काट्दा पनि नजाने तथा बढ्दै गएपछि श्यामलालले केही वर्ष निकै कष्टपूर्ण जीवन भोग्नुपर्याे । उनी सिंग पलाउने समस्या लिएर चिकित्सककोमा समेत पुगे । तर उनको टाउको सिंग देख्ने बित्तिकै धेरै चिकित्सक डराए र उपचार गर्न नसक्ने बताए । केही चिकित्सकले भने सिंग हटाउन निकै महंगो शुल्क लाग्ने बताए ।

श्यामलालसँग पर्याप्त रकम नभएका कारणले उनले सिंग पलाउने समस्या सहनुपर्याे । तर श्यामलालको समस्या थाहा पाएपछि सागर शहरको भाग्योदय नामक अस्पतालका चिकित्सकले उनको सिंग अप्रेसनको माध्यमबाट हटाउन सकिने बताए ।

केही दिन अघि सोही अस्पतालका चिकित्सकको टोलीले उनको सिंगको अप्रेसन गरी त्यसलाई जरैबाट हटाइदिए ।

अप्रेसनमा संलग्न चिकित्सकका अनुसार श्यामलालको समस्या दुर्लभ प्रकारको सेबेसियस हर्न नामक बिरामिले गर्दा भएको हो । मानिसको टाउकोमा सेबेसियस ग्ल्याडबाट निस्कने तथा ठुलो हुने गर्दछ ।

श्यामलालको टाउकोमा लागेको चोटका कारणले उनको सो ग्ल्याड बन्द भई निस्कनु पर्ने द्रब्य निस्किन पाएन, र सोहि द्रब्य जम्मा भई सिंगको रुप धारण गरेको चिकित्सकले बताएका छन् ।  अप्रेसनपछि श्यामलाल यादब बिना सिंगको जीवनयापन गरीरहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ५ : ३६ बजे

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क

बैंकहरूले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन

मुस्ताङ– मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ ।