खेलकुदको विकासका लागि सबैको समन्वय आवश्यकः महानिरीक्षक खनाल « Khabarhub

खेलकुदको विकासका लागि सबैको समन्वय आवश्यकः महानिरीक्षक खनाल


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलकुद विकासको संवाहक भएकाले खेलकुदको स्तर वृद्धिका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित समारोमा खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महानिरीक्षक खनालले नेपाल प्रहरीका खेलाडीले उच्चस्तरको खेल प्रदर्शन गर्दै आएको बताए ।

खेलाडीहरुले राष्ट्रको गर्व, इज्जत र प्रतिष्ठा बढाउन उच्च नैतिकता र अनुशासनका साथ आफ्नो कौशल प्रदर्शन गर्न आवश्यक रहेको बताए । प्रहरी महानिरीक्षक खनालले समुदाय(प्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्न खेलकुदका विधाहरुलाई स्थानीय क्लबहरुसँग समन्वय गरेर नेपाल प्रहरी अगाडि बढ्ने बताए ।

नेपाल प्रहरीले अहिलेसम्म खेलकुदमा गरेका उपलब्धीहरुलाई जगेर्ना गरी अझ राम्रो खेल प्रदर्शन गर्दै अगाडि बढ्न खेलाडीहरूलाई निर्देशन दिए । उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शर्पा र काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दीपक केसीले नेपाली खेलकुद क्षेत्रले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने भएकाले खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, नेपाली सेना खेलकुद प्रमुख महासेनानी शशिकिरण रायमाझी, प्रहरी वरिष्ठ अधिकृतहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, नेपाल प्रहरीका खेलाडीहरु र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ३३ बजे

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद