खेलकुदको विकासका लागि सबैको समन्वय आवश्यकः महानिरीक्षक खनाल « Khabarhub

खेलकुदको विकासका लागि सबैको समन्वय आवश्यकः महानिरीक्षक खनाल


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलकुद विकासको संवाहक भएकाले खेलकुदको स्तर वृद्धिका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित समारोमा खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महानिरीक्षक खनालले नेपाल प्रहरीका खेलाडीले उच्चस्तरको खेल प्रदर्शन गर्दै आएको बताए ।

खेलाडीहरुले राष्ट्रको गर्व, इज्जत र प्रतिष्ठा बढाउन उच्च नैतिकता र अनुशासनका साथ आफ्नो कौशल प्रदर्शन गर्न आवश्यक रहेको बताए । प्रहरी महानिरीक्षक खनालले समुदाय(प्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्न खेलकुदका विधाहरुलाई स्थानीय क्लबहरुसँग समन्वय गरेर नेपाल प्रहरी अगाडि बढ्ने बताए ।

नेपाल प्रहरीले अहिलेसम्म खेलकुदमा गरेका उपलब्धीहरुलाई जगेर्ना गरी अझ राम्रो खेल प्रदर्शन गर्दै अगाडि बढ्न खेलाडीहरूलाई निर्देशन दिए । उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शर्पा र काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दीपक केसीले नेपाली खेलकुद क्षेत्रले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने भएकाले खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, नेपाली सेना खेलकुद प्रमुख महासेनानी शशिकिरण रायमाझी, प्रहरी वरिष्ठ अधिकृतहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, नेपाल प्रहरीका खेलाडीहरु र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ३३ बजे

साताका समाचार : सुकुम्वासीलाई नहटाउन सर्वोच्चको आदेश, प्रधान्यायाधीशमा डा. शर्मा र दर्जन ट्रेड युनियन खारेज

काठमाडौं- डोजर चलेपछि बस्ती नहटाउन सर्वोच्चको आदेश वालेन्द्र शाह नेतृत्वको

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी