थ्री–स्टारको अध्यक्षमा जोशी चयन | Khabarhub Khabarhub

थ्री–स्टारको अध्यक्षमा जोशी चयन


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरे फुटबल क्लब थ्री स्टारको अध्यक्षमा अरुणमान जोशी निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार भएको साधारण सभाले जोशीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको हो । बाँकी २ सदस्यको चयन केही समयभित्रै गर्ने क्लबले जनाएको छ ।

क्लबको उपाध्यक्षमा निर्मल रत्न शाक्य, अतिश कृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, बीरेन्द्रलाल श्रेष्ठ र जय कृष्ण श्रेष्ठ चयन भए ।

क्लबको महासचिवमा सन्जिव शिल्पकार, कोषाध्यक्षमा राम श्रेष्ठ, सचिवमा कुल बहादुर महर्जन, निवास गोपाल वैद्य र सहकोषाध्यक्षमा देवेन्द्रलाल श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा राम कृष्ण चित्रकार, प्रेम बहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी छन् ।

अध्यक्ष जोशी अघिल्लो कार्यसमितिका कार्यकारी अध्यक्ष हुन् । क्लबको निर्वतमान अध्यक्षमा ज्ञान बहादुर शाक्य रहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ५० बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा