हवाई सेवामा पनि टिकट बुकिङ्ग खुल्ला « Khabarhub

हवाई सेवामा पनि टिकट बुकिङ्ग खुल्ला


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँ, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि टिकट बुकिङ्ग खुला भएको छ । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपाल(एओएएन) ले हवाई भाडामा विशेष छुटसहित टिकट बुकिङ्ग खुल्ला गरेको हो ।

संघले सबै आन्तरिक (डोमेस्टिक) उडानतर्फका आफ्ना नियमित उडान सेवामा नेपाली नागरिकहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने जनाएको छ । उक्त छुट आगामी असोज १२ गतेदेखि कार्तिक २७ गते सम्म लागू हुने संघले बताएको छ ।

नेपालीहरुको महान चाड वडादशैं, तिहार तथा छठको अवसरमा संघका सबै नियमित उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुको आफ्नै काउण्टरबाट टिकट काट्दा सेवाग्राहीले यस्तो सुविधा पाउने छन् । उक्त छुट सामान्य हवाई भाडामा एयरपोर्ट ट्याक्स तथा फ्यूल सरचार्ज बाहेक १० प्रतिशत छुट दिने संघद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ९ : ४८ बजे

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की