११ दिनपछि खुल्यो पासाङल्हामु राजमार्ग « Khabarhub

११ दिनपछि खुल्यो पासाङल्हामु राजमार्ग


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– गत भदौ २५ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग आइतबारबाट साँझबाट सुचारु भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार पहिरो गएको स्थानमा ग्याबिन पर्खाल लगाई ११ दिनको प्रयासपछि आइतबार साँझबाट सवारी यातायात पुनः सञ्चालन गरिएको हो ।

छिटोछरितो राजमार्ग खुलाउन डिभिजन सडक कार्यालयले व्यवस्था गरेको मजदूरसहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका सुरक्षा अङ्ग परिचालनबाट छिटोछरितो ग्याबिन पर्खाल लगाई राजमार्ग पुनः सञ्चालन गरिएको प्रजिअ भण्डारीले बताए ।

डिभिजन सडक कार्यालयको अगुवाइमा भएको राजमार्ग मर्मतमा सांसद मोहन आचार्यले ढुङ्गा फुटाल्ने ब्रेकर, एक्साभेटर, टिपर एक–एक थान सहयोग गरेका थिए ।

सुरक्षा अङ्गले ग्याबिन भर्ने कार्यमा मद्दत पु¥याउनाका साथै लहरेपौवा निवासी समाजसेवी राममणि आचार्यले स्थलगतरूपमा बसी रातको समयमा काम गर्ने वातावरणका लागि जेनेरेटरसहितको ठूलो पावरको बत्तीको व्यवस्था गरेको डिभिजन सडक कार्यालयका इन्जिनीयर सरोज कडरियाले जानकारी दिए ।

अवरुद्व राजमार्ग सञ्चालन गराउन २३ मिटर लम्बाइ र सडक सतहमा १२ मिटर उचाइको ग्याबिन पर्खाल लगाइएको प्राविधिकले बताएका छन् ।

राजमार्ग खुलेलगत्तै केरुङबाट सामान ल्याई रोकिएर बसेका सयौँ सवारी साधन अहिले आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको ट्राफिक प्रहरी इन्चार्ज शिवप्रसाद भट्टराईले जानकारी दिए ।

एघार दिनसम्म राजमार्ग बन्द हुँदा ट्राफिक राजश्वमा ह्र्रास आएको र रसुवामा ट्राफिक प्रहरीको जनशक्ति कम भए पनि मैलुङतर्फ र पासाङल्हामु राजमार्गमा अहोरात्र ट्राफिक व्यवस्थापन भइरहेको इन्चार्ज भट्टराईले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : १५ बजे

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद