महिला भलिबल टोलीले थाइल्याण्डमा आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दै | Khabarhub Khabarhub

महिला भलिबल टोलीले थाइल्याण्डमा आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दै


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न दक्षिण एशियाली खेलकुद (साग) र बंगलादेशमा हुने एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीले आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

थाइल्याण्डमा रहेको महिला टोलीले थाइल्याण्डको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि खेलका दुबै खेलमा जित निकालेको नेपाली महिला टिमले आज थाइल्याण्डको युथ टिमसँग साँझ चार बजे खेल्दैछ ।

नेपालले यसअघि युनिभर्सिटी टिमसँग र बैकक युनिभर्सिटी टिम विरुद्ध जित निकालेको थियो । थाइल्याण्डको क्लव स्तरमा टप टेनमा पर्ने टिमलाई नेपाली महिला टिमले पहिलो खेलमा २५–१५, २२–२५, २५–१६ र २५–१९ को सेटमा हरायो ।

यस्तै बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ को सेटमा हराएको हो । नेपालले युनिभर्सिटी टिमलाई २५-२१, २४-२६, २५-१६ र २५-१९ को सेटमा पराजित गरेको थियो ।

थाइल्याण्डको मैत्रीपूर्ण खेल र प्रशिक्षणपछि नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । जुन बंगलादेशमा हुनेछ ।

यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु मैदानमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ४९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र