अमेरिका मोहः डीभी भर्नकै लागि राहदानी लिन एकै दिन झन्डै ३ हजारको आवेदन ! | Khabarhub Khabarhub

अमेरिका मोहः डीभी भर्नकै लागि राहदानी लिन एकै दिन झन्डै ३ हजारको आवेदन !


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राहदानी विभागमा राहदानी बनाउनेको भीड बाक्लो देखिएको छ । सोमबार आवेदन दिनेको संख्या झण्डै ३ हजार पुगको राहदानी विभागले जनाएको छ ।

दैनिक बढीमा ५ सय आवेदन पर्दै आएकोमा केही दिन यता राहदानी बनाउनेको भीड अस्वभाविक रुपमा बढेको छ । दशैंलगत्तै दैनिक हजार जनाले राहदानीका लागि आवेदन दिँदै आएकोमा सोमबार भने झण्डै ३ हजारले आवेदन दिएको विभागले जनाएको छ ।

राहदानी बनाउनेको संख्या बढेपछि परराष्ट्र मन्त्रालयले १० जना कर्मचारी काजमा समेत खटाएको छ । अमेरिकाले सन २०२१ का लागि खुलाएको डीभी लोटरी भर्नका लागि राहदानी अनिवार्य गरिएपछि राहदानी बनाउनेको भीड बढेको हो ।

गत असोज १५ गते खुलेको डीभी कार्यक्रम कात्तिक १९ गते सकिन्छ । विभागमा गत शुक्रबारदेखि राहदानी बनाउनेको भीड बाक्लो बनेको हो ।

डीभी भर्ने समयसीमा नजिकिँदै गएपछि राहदानी बनाउनेको भीड बाक्लो छ। अमेरिकी सरकारले डीभी समयमै भर्न समेत सुझाएको छ । आवेदकहरूलाई आफ्नो आवेदन भर्न दर्ता अवधिको अन्तिम हप्तासम्म नकुर्न अमेरिकी सरकारले विशेष अनुरोध गरेको हो ।

डीभी भर्ने समयसीमा नेपाली समयअनुसार नोभेम्बर ५ ( कार्तिक १९ गते) मंगलबार बेलुका पौने १० बजेसम्म डीभी लोटरी भर्न सकिनेछ ।

यसपटक डीभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको छ । डीभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ ।

पासपोर्ट पनि म्याद सहितको हुनुपर्नेछ । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परेपनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक नपर्ने जनाइएको छ ।

यसपटक डीभी लोटरी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि १२ बर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ । यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ बर्षमा २ बर्षको कामको अनुभव भएको हुनुपर्छ ।

अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डीभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ । यदि डीभी लोटरीका लागि छनौट भएमा र सबै योग्यता पूरा गरेमा सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा पाउन सकिनेछ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : २९ बजे

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ

‘अन्धकारको अन्त्य गर्दै नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा

नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि काम गर्ने

काठमाडौं – पारिश्रमिकका लागि संघर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर