इजरायलमा नयाँ सरकार गठन गर्न नेतान्याहु विफल « Khabarhub

इजरायलमा नयाँ सरकार गठन गर्न नेतान्याहु विफल


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजरायल- इजरायलमा लामो समय सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूले सरकार गठन गर्न नसकेको बताउँदै उक्त मौका आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई दिएका छन्।

गएको दशक शक्तिमा रहेका नेतान्याहु गत सेप्टेम्बरमा भएको चुनावमा स्पष्ट बहुमत ल्याउन विफल भएका थिए।

नेतान्याहुका प्रतिद्वन्द्वी ब्लु एण्ड ह्वाइट पार्टीका बेनी ग्यान्ट्सलाई सरकारमा ल्याउने प्रयासहरू विफल भएपछि अब ग्यान्ट्सलाई नै सरकार निर्माणको प्रयास गर्न आह्वान गरिनेछ।

सरकार बनाउने आफ्नो प्रयासहरू छोडिदिने घोषणा गर्दै नेतान्याहुले आफूले गठबन्धन सरकारका लागि बारम्बार प्रयास गरेको तर त्यो अस्वीकृत भएको बताए।

इजरायलका राष्ट्रपति रुबिन रिभलिनले अब सरकार गठन गर्ने त्यस्तै प्रयासका लागि उनलाई २८ दिनको समय दिनेछन्।

इजरायली-अरब सांसदहरूले मध्ये दक्षिणपन्थी गठबन्धन नेतृत्व गरेका ग्यान्ट्सलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

तर बहुमतका लागि आवश्यक ६१ सिटका लागि भने अझै एक दर्जनभन्दा बढी सिट भने अभाव नै हुनेछ।

आह्वान
राष्ट्रपति रिभलिनले आफूले देशमा अर्को पनि चुनाव आह्वान गर्नु नपरोस् भन्ने प्रयास गर्ने बताएका छन्।

यो वर्षमात्रै इजरायलमा दुईपटक चुनाव भइसकेको छ।

यदि ग्यान्ट्स पनि सरकार बनाउन विफल भए संसदले चुनाव नगराउने प्रयास स्वरुप सरकार बनाउन तेस्रा उम्मेद्वारलाई आह्वान गर्नेछ।

गत सेप्टेम्बरमा भएको मतदानमा नेतान्याहुको लिकुड पार्टीले ३२ सिट जितेको थियो भने ग्यान्ट्सको ब्लु एण्ड ह्वाइट पार्टीले ३३ जितेको थियो।

राष्ट्रपति रिभलिनले पदमा रहेका हिसाबले सरकार गठनका लागि पहिला नेतान्याहुलाई छानेका थिए। बीबीसीबाट

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : ४९ बजे

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा (तस्बिरहरू)

काठमाडौं– राजधानी काठमाडौं आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्ये

बालेन्द्रले ल्याए भारतको तरकारी रोक्ने योजना, वाइवाइलाई दिए ‘कांग्रेसको चाउचाउ’को संज्ञा

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले भारतबाट आउने

होलीको आगमन : असन-इन्द्रचोकमा रंगिन चहलपहल (तस्बिरहरू)

काठमाडौं– रङको पर्व होली नजिकिँदै जाँदा काठमाडौंको असन र इन्द्रचोक

‘गठबन्धनको राजनीतिले खराब परिणाम दियो : हामीले दूषित राजनीतिलाई सफा गर्छौँ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनका कारण नेपालको राजनीति

चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य हुँदैन : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै