इजरायलमा नयाँ सरकार गठन गर्न नेतान्याहु विफल | Khabarhub Khabarhub

इजरायलमा नयाँ सरकार गठन गर्न नेतान्याहु विफल


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजरायल- इजरायलमा लामो समय सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूले सरकार गठन गर्न नसकेको बताउँदै उक्त मौका आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई दिएका छन्।

गएको दशक शक्तिमा रहेका नेतान्याहु गत सेप्टेम्बरमा भएको चुनावमा स्पष्ट बहुमत ल्याउन विफल भएका थिए।

नेतान्याहुका प्रतिद्वन्द्वी ब्लु एण्ड ह्वाइट पार्टीका बेनी ग्यान्ट्सलाई सरकारमा ल्याउने प्रयासहरू विफल भएपछि अब ग्यान्ट्सलाई नै सरकार निर्माणको प्रयास गर्न आह्वान गरिनेछ।

सरकार बनाउने आफ्नो प्रयासहरू छोडिदिने घोषणा गर्दै नेतान्याहुले आफूले गठबन्धन सरकारका लागि बारम्बार प्रयास गरेको तर त्यो अस्वीकृत भएको बताए।

इजरायलका राष्ट्रपति रुबिन रिभलिनले अब सरकार गठन गर्ने त्यस्तै प्रयासका लागि उनलाई २८ दिनको समय दिनेछन्।

इजरायली-अरब सांसदहरूले मध्ये दक्षिणपन्थी गठबन्धन नेतृत्व गरेका ग्यान्ट्सलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

तर बहुमतका लागि आवश्यक ६१ सिटका लागि भने अझै एक दर्जनभन्दा बढी सिट भने अभाव नै हुनेछ।

आह्वान
राष्ट्रपति रिभलिनले आफूले देशमा अर्को पनि चुनाव आह्वान गर्नु नपरोस् भन्ने प्रयास गर्ने बताएका छन्।

यो वर्षमात्रै इजरायलमा दुईपटक चुनाव भइसकेको छ।

यदि ग्यान्ट्स पनि सरकार बनाउन विफल भए संसदले चुनाव नगराउने प्रयास स्वरुप सरकार बनाउन तेस्रा उम्मेद्वारलाई आह्वान गर्नेछ।

गत सेप्टेम्बरमा भएको मतदानमा नेतान्याहुको लिकुड पार्टीले ३२ सिट जितेको थियो भने ग्यान्ट्सको ब्लु एण्ड ह्वाइट पार्टीले ३३ जितेको थियो।

राष्ट्रपति रिभलिनले पदमा रहेका हिसाबले सरकार गठनका लागि पहिला नेतान्याहुलाई छानेका थिए। बीबीसीबाट

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : ४९ बजे

कांग्रेसका यी नेता किन बोक्छन् टिकटिके मोबाइल ? (भिडियोसहित)

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन्

मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा

गोरखामा दुई वटा चितुवा मृत फेला

गोरखा – गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई

लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई