प्रतिघण्टा ६७२ किलोमिटर कुद्ने बाइकको मूल्य ५६ करोड ! « Khabarhub

प्रतिघण्टा ६७२ किलोमिटर कुद्ने बाइकको मूल्य ५६ करोड !


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमै सवैभन्दा तीव्र गतिमा दूरी पार गर्ने सवारी साधनमा हवाइजहाज पर्छ, यसमा कसैको दुईमत छैन ।

रेल तथा ठूला इन्जिन भएका कारहरु पनि तीव्र गतिमा कुद्छन् । तर एउटा यस्तो बाइक निर्माण गरिएको छ । जसको टप स्पीड सुनेर विश्वास गर्न नै मुस्किल लाग्न सक्छ ।

विश्वकै सवैभन्दा तीव्र गतिमा कुद्ने बाइकले प्रतिघण्टा ६७२ किलोमिटर दूरी पार गर्छ । डज टोमाहक विश्वको सबैभन्दा पावरफुल सुपरबाइकमा नाम लेखाउन सफल बाइक हो । यो सुपर बाइकको टप स्पीड ६७२ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो सुपरबाइक हालै नन स्ट्रीट लिगल कन्सेप्टको रुपमा तयार पारिएको थियो । यसको मूल्य नेपाली रुपैयाँमा हिसाव गर्दा झण्डै ५६ करोड पर्न आउँछ । डज टोमाहक सुपरबाइक सन २००३ मा नर्थ अमेरिकाको इन्टरनेशनल अटो शोमा प्रदर्शन गरिएको थियो । यसको डिजाइन र स्पीड देखेर बाइक प्रेमीहरु आकर्षित भएका थिए ।

विश्वमा डज टोमाहक सुपरबाइक ९ जना व्यक्तिले मात्र किनेको बताइन्छ । डज टोमाहक सुपरबाइकले ६० किलोमिटर प्रतिघण्टाको स्पीड मात्र १।५ सेकेन्डमा तय गर्नसक्छ ।

यसमा ८।३ लिटर भी–१० एसआरटी भाइपर इन्जिन जडान गरिएको छ । यो सुपरबाइकको इन्जिनले अधिकतम ५०० एचपीको पावर जेनेरेट गर्न सक्छ । यसमा  २ वटा अगाडि र २ वटा पछाडि गरी ४ वटा टायरको प्रयोग गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ७ : ३२ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक