अष्ट्रेलियाका दैनिक पत्रिकाले पहिलो पृष्ठमा किन पोते कालो ? « Khabarhub

अष्ट्रेलियाका दैनिक पत्रिकाले पहिलो पृष्ठमा किन पोते कालो ?


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाका सबैजसो ठूला दैनिक पत्रिकाहरुले आफ्नो पहिलो पेज ‘कालो’ पोतेका छन्। सोमबार प्रकाशित सबैजसो पत्रिकाहरुले कालो धर्का पोतिएको आफ्नो ‘फ्रन्टपेज’मा लेखेका छन् ‘सेक्रेट’ अर्थात् ‘गोपनियता’।

सरकारले ल्याएको नयाँ सुरक्षा कानुनको विरोधमा पत्रिकाहरुले यस्तो गरेका हुन्। सरकारको यो कानुनुलाई ‘गोपनियताको संस्कृति’ भन्दै अष्ट्रेलियाका पत्रकारहरुले त्यसको विरोध गरिरहेका छन्। उनीहरुले यो कानुनुमार्फत सरकारले ‘प्रेसमाथि प्रतिवन्ध’ गर्न खोजेको बताएका छन्।

सरकारले भनेको छ ‘सरकार प्रेस स्वतन्त्रताकै पक्षमा छ तर, कानुनभन्दा माथि कोही पनि छैन।’ गत जुनमा अष्ट्रेलियन प्रहरीले अष्ट्रेलिया ब्रोडकाष्टिङ कर्पोरेशन(एबीसी)मा छापा मारेको थियो। त्यही बेला त्यहाँ कार्यरत एक जना पत्रकारको घरमा पनि तोडफोड भएको थियो।

त्यसको एउटा कारण के थियो भने यो मिडियाले एउटा सरकारी संस्थाले अष्ट्रेलियन नागरिकको जासुसी गरिरहेको बारेमा एउटा विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो। र, त्यो एक गम्भिर युद्ध अपराधको बारेमा थियो।

अष्ट्रेलियाका एक बरिष्ठ पत्रकार माइकल मिलरले ‘ब्ल्याक आउट’ गरेका सबैजसो पत्रिकाका मास्टहेडहरु ट्वीट गर्दै लेखेका छन् ‘तिनीहरुले म बाट के लुकाउन खोजिरहेका छन्?’

एबिसीका म्यानेजिङ डाइरेक्टरले भनेका छन् ‘अष्ट्रेलिया विश्वममा अति नै ‘गोप्य प्रजातान्त्रिक’ देश बन्ने खतरामा छ।’आइतबारमात्रै सरकारले छापा मारिएका तीनजना पत्रकारहरुविरुद्ध मुद्दा पनि चल्न सक्छ।

प्रधानमन्त्री स्कट मरिसनले भनेका छन् कि ‘प्रेस स्वतन्त्रतता अष्ट्रेलियाको प्रजातन्त्रका लागि निकै महत्वपूर्ण थियो। तर, सँग हामीले ‘विधिको शासन’लाई पनि कायम गर्नैपर्छ।’‘त्यो मलाई पनि हुनसक्छ, कुनै पत्रकार वा अरु जोसुकैमाथि पनि’ उनले भनेका छन्।

प्रेस स्वतन्त्रततासम्बन्धि जाँचबुझ गरिएको एउटा प्रतिवेदन संसदको आगामी सत्रमा पेश गरिने भएको छ।आन्दोलनकारी पत्रकारहरुले भनेका छन् ‘देशमा जारी भएको कठोर सुरक्षा कानुनका कारण खोजी पत्रकारितालाई निकै खतरा भएको छ र, नागरिकको सूचनाको अधिकार खोसिएको छ।’ बीबीसीबाट

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ७ : ४८ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल