महाराष्ट्र र हरियाणामा विधानसभा चुनाव– बिजेपीले बाजी मार्ने ‘एक्जिट पोल’ « Khabarhub

महाराष्ट्र र हरियाणामा विधानसभा चुनाव– बिजेपीले बाजी मार्ने ‘एक्जिट पोल’


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको महाराष्ट्र र हरियाणामा सम्पन्न विधानसभा चुनाव को ‘एक्जिट पोल’ हरुमा भारतीय जनता पार्टी अगाडि देखिएको छ ।

हिजो सम्पन्न निर्वाचनामा महाराष्ट्रको २८८ र हरियाणाको ९० विधानसभा सीटमा मतदान भएको थियो ।

मतदान सकिएपछि विभिन्न संस्थाहरुले सार्वजनिक गरेको ‘एक्जिट पोल’ सार्वजनिक भएका छन् ।

महाराष्ट्रमा बीजेपीले १०९ देखि १२४ सीट ल्याउने पूर्वानुमानहरु सार्वजनिक भएका छन् भने शिवसेनाले ५७ देखि ६० सीट ल्याउने पूर्वानुमान गरिएको छ ।

अर्को तर्फ कांग्रेस र उसको सहयोगी एनसीपीले ७२ देखि ९० सीट पाउने र अन्यले २२ देखि ३४ सीट पाउने अनुमान गरिएको छ ।

त्यस्तै हरियाणामा पनि बीजेपीले ९० मध्ये ७१ सीटमा जित पाउने र कांग्रेसले ११ र अन्य दलले ८ सीट पाउने अनुमानहरु सार्वजनिक भएको छ ।

चुनावको नतिजा विहीवारसम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

२८८ सीट भएको महाराष्ट्रको विधानसभा चुनावमा बीजेपी र शिवसेना मिलेर चुनाव लडेका छन् ।

बिजेपीले १५० सीट र शिवसेनाले १२३ सीटमा चुनावी प्रतिस्पर्धा गरेका छन् । बाँकी १४ सीटमा गठवन्धनका अन्य दललाई मौका दिइएको छ ।
यहाँ बीजेपी शिवसेनाको सीधा प्रतिपर्धा कांग्रेस एनसीपी गठवन्धबीच हुने छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ८ : १७ बजे

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै