यी हुन् प्रतिरक्षा प्रणाली बलियो बनाउने पाँच पेय पदार्थ | Khabarhub Khabarhub

यी हुन् प्रतिरक्षा प्रणाली बलियो बनाउने पाँच पेय पदार्थ


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको स्वास्थ्य नै सवैभन्दा ठूलो धन हो । जब प्रतिरक्षा प्रणाली बलियो बन्छ तब मानिसलाई रोगको संक्रमण हुन पाउँदैन । त्यसैले प्रतिरक्षा प्रणाली बलियो बनाउने खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

आज हामीले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने केही पेय पदार्थको बारेमा जानकारी दिएका छौं । निम्म पेय पदार्थले आज हामीले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने केही पेय पदार्थको बारेमा जानकारी दिएका छौं । यी पेय पदार्थले रोगबिरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्छ ।

१. कागतीको रस

कागतीको सेवनले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ । कागतीमा प्रसस्त मात्रामा भिटामिन सी एन्टीअक्सीडेनट पाइने हुँदा यसले बिबिध प्रकारका रोगको आक्रमणबाट बचाउँछ ।

२. स्याउको जुस

स्याउले मानव शरीरलाई चाहिले धेरै किसिमका तत्वहरुको परिपूर्ति गर्दछ । दैनिक एउटा स्याउँ खाँदा त्यो व्यक्तिले कहिल्यै डाक्टरकोमा जान पर्दैन भन्ने भनाइ नै छ । त्यसैले स्याउ खानु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

३. ग्रिन टी

ग्रिन टीमा एपीग्यालोक्याटेचिन नामक तत्व पाईन्छ जसमा किटाणुहरु बिरुद्ध लड्न सक्ने क्षमता र गुण हुनछ । ग्रिन टीको नियमित सेवनले रोग प्रतिरक्षा क्षमता बढाउँछ ।

४. ब्रोकाउली जुस

ब्रोकाउलीको जुस सेवन गर्नाले यसमा पाईने सल्फर ले शरीरको बिषादि हटाउने काम गर्छ र तपाईलाई स्वस्थ रहन मद्दत गर्छ ।

५ चुकन्दर

चुकन्दरमा धेरै मात्रामा औषधीय गुण पाइन्छ । खानामा चुकन्दरको प्रयोग स्वास्थ्यका लागि लाभदायक मानिन्छ । चुकन्दरको जुस पिउँनाले प्रतिरक्षा शक्ति बलियो बनाउँछ । यसमा प्रसस्त मात्रामा पाइने भिटामिन सी र अरु एन्टिअक्सिडेन्टले तपाइलाई रोगबिरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ९ : १२ बजे

विश्वकपपछि रोनाल्डोले फुटबल छाड्ने

एजेन्सी– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप

एनपीएलका लागि तयार हुँदैछ त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

मधेशका मुख्यमन्त्री यादवले दीर्घकालीन महत्त्वका निर्णय गर्न नपाउने

काठमाडौं- महोत्तरीको बर्दिबासस्थित पानस होटलबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका नेकपा

कांग्रेस बैठक : पार्टीको महाधिवेशनबारे फरक- फरक धारणा

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५ औँ महाधिवेशन

सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने 

काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६