पर्यटन विकास लक्षित गरी खेलमैदान निर्माण « Khabarhub

पर्यटन विकास लक्षित गरी खेलमैदान निर्माण


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका–२८ माझठानास्थित ढुङ्गेथानमा ‘शहीद थमन परियार स्मृति खेल मैदान’ निर्माण गरिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त स्थानमा महानगरपालिका र स्थानीय जनसहभागितासहित रु छ लाख ५० हजारको लागतमा शहीद थमन परियारको स्मृतिमा खेलमैदान बनाइएको हो ।

महानगरको सामाजिक विकास शाखाको रु तीन लाख, वडा नं २८ को रु दुई लाख र रु एक लाख ५० हजार बराबरको स्थानीय जनसहभागितामा खेलमैदानको निर्माण सम्पन्न गरिएको माझठाना ढुङ्गेथान खेलमैदान उपभोक्ता समितिका अध्यक्ष मनमोहन अधिकारीले जानकारी दिए ।

उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनका क्रममा विसं २०६३ कात्तिक ६ गते शहादत प्राप्त गर्नुभएका शहीद थमन परियारको जन्मस्थानस्थित लगभग पाँच रोपनी सार्वजनिक जग्गामा खेलमैदान निर्माण गरिएको हो ।

खेलकूदका माध्यमबाट शहीदलाई स्मरण गर्ने लक्षयका साथ निर्मित उक्त मैदानमा प्यारापिटसहित तारजालीले बार्दै अन्य आवश्यक भौतिक संरचना निर्माण गरिने उनले बताए ।

बाँकी कामका लागि सम्बन्धित निकायमा आवश्यक रकमको व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ । प्राचीनकालदेखि कास्कीमा प्रचलित बैदामको बारी, आर्वाको घारी र माझठानाको टारी भन्ने उक्तिका कारण ख्याती कमाएको माझठानामा निर्मित खेलमैदानलाई यस क्षेत्रमा खेलकूदको विकासका लागि अत्यन्त महत्वका साथ हेरिएको छ ।

नवनिर्मित खेलमैदानमा नजिकिँदै गरेको दीपावलीका अवसरमा यही कात्तिक ६ देखि ८ गतेसम्म अन्तर वडास्तरीय भलिबल प्रतियोगिता गरिने भएको थमन परियार स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष लालमोहन तिवारीले जानकारी दिए ।

खेल मैदानलाई खेलकूदमा मात्र सीमित नराखी बहुपयोगी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै उनले उक्त स्थानमा बहुउद्देश्यीय भवन निर्माण गरी स्थानीय उत्पादनको बजारीकरणका लागि सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रत्येक वर्ष कृषि प्रदर्शनीको आयोजना गरिने बताए ।

विसं २००३ मा माझठानामा जन्मिएका शहीद थमन परियार राजनीतिज्ञ, विचारक, लेखक, कलाकार, पत्रकार, सङ्गीतकारका रुपमा समेत परिचित थिए ।

परियारको स्मृतिमा निर्मित खेलकूद मैदानका माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । पृथ्वी राजमार्गको विजयपुरबाट कालीका, सुर्केमैदान, ओखले, सौरे हुँदै सो खेलकूद मैदान पुग्न १२ किलोमिटरको दूरी पार गर्नुपर्छ । उक्त स्थानसम्म पुग्न महानगरपालिकाको सक्रियतामा सडक स्तरोन्नति गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  १० : १२ बजे

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं– वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा