पर्यटन विकास लक्षित गरी खेलमैदान निर्माण | Khabarhub Khabarhub

पर्यटन विकास लक्षित गरी खेलमैदान निर्माण


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका–२८ माझठानास्थित ढुङ्गेथानमा ‘शहीद थमन परियार स्मृति खेल मैदान’ निर्माण गरिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त स्थानमा महानगरपालिका र स्थानीय जनसहभागितासहित रु छ लाख ५० हजारको लागतमा शहीद थमन परियारको स्मृतिमा खेलमैदान बनाइएको हो ।

महानगरको सामाजिक विकास शाखाको रु तीन लाख, वडा नं २८ को रु दुई लाख र रु एक लाख ५० हजार बराबरको स्थानीय जनसहभागितामा खेलमैदानको निर्माण सम्पन्न गरिएको माझठाना ढुङ्गेथान खेलमैदान उपभोक्ता समितिका अध्यक्ष मनमोहन अधिकारीले जानकारी दिए ।

उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनका क्रममा विसं २०६३ कात्तिक ६ गते शहादत प्राप्त गर्नुभएका शहीद थमन परियारको जन्मस्थानस्थित लगभग पाँच रोपनी सार्वजनिक जग्गामा खेलमैदान निर्माण गरिएको हो ।

खेलकूदका माध्यमबाट शहीदलाई स्मरण गर्ने लक्षयका साथ निर्मित उक्त मैदानमा प्यारापिटसहित तारजालीले बार्दै अन्य आवश्यक भौतिक संरचना निर्माण गरिने उनले बताए ।

बाँकी कामका लागि सम्बन्धित निकायमा आवश्यक रकमको व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ । प्राचीनकालदेखि कास्कीमा प्रचलित बैदामको बारी, आर्वाको घारी र माझठानाको टारी भन्ने उक्तिका कारण ख्याती कमाएको माझठानामा निर्मित खेलमैदानलाई यस क्षेत्रमा खेलकूदको विकासका लागि अत्यन्त महत्वका साथ हेरिएको छ ।

नवनिर्मित खेलमैदानमा नजिकिँदै गरेको दीपावलीका अवसरमा यही कात्तिक ६ देखि ८ गतेसम्म अन्तर वडास्तरीय भलिबल प्रतियोगिता गरिने भएको थमन परियार स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष लालमोहन तिवारीले जानकारी दिए ।

खेल मैदानलाई खेलकूदमा मात्र सीमित नराखी बहुपयोगी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै उनले उक्त स्थानमा बहुउद्देश्यीय भवन निर्माण गरी स्थानीय उत्पादनको बजारीकरणका लागि सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रत्येक वर्ष कृषि प्रदर्शनीको आयोजना गरिने बताए ।

विसं २००३ मा माझठानामा जन्मिएका शहीद थमन परियार राजनीतिज्ञ, विचारक, लेखक, कलाकार, पत्रकार, सङ्गीतकारका रुपमा समेत परिचित थिए ।

परियारको स्मृतिमा निर्मित खेलकूद मैदानका माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । पृथ्वी राजमार्गको विजयपुरबाट कालीका, सुर्केमैदान, ओखले, सौरे हुँदै सो खेलकूद मैदान पुग्न १२ किलोमिटरको दूरी पार गर्नुपर्छ । उक्त स्थानसम्म पुग्न महानगरपालिकाको सक्रियतामा सडक स्तरोन्नति गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  १० : १२ बजे

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

चितवन– संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै

रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक