घरमै यसरी नियन्त्रण गर्न सकिन्छ उच्च रक्तचाप « Khabarhub

घरमै यसरी नियन्त्रण गर्न सकिन्छ उच्च रक्तचाप


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अस्वस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मानिसहरुमा विभिन्न खालका रोग देखिन थालेको छ । जसमा मुटु सम्बन्धी समस्या धेरै रहेको छ ।

यहाँ हामी उच्च रक्तचाप भएमा कस्ता घरायसी औषधि वा खानेकुरा प्रयोग गर्ने भन्ने जानकारी दिँदै छौं । तर यी घरायसी खानेकुरामा मात्र भर भने पर्न हुँदैन । यदी रक्तचाप उच्च छ भने चिकित्सको सल्लाह लिनु होला ।

घरमा पाइने यी चिजबाट उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

लसुन
लसुनमा पाइने एक रसायनले हाइपरटेन्सन घटाउँछ । लसुनको यो गुणबारे आयुर्वेदमा पनि वर्णन गरिएको छ।

प्याज
प्याजमा रहेको एन्टिअक्सिडेन्ट फ्लेबेनल, क्यासेरटिन आदिले ब्लडप्रेसरलाई सन्तुलित राख्न मद्दत गर्छ।

बदाम
बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले ब्लड कोलेस्ट्रोल लेभल कम गर्छ। साथै, धमनीलाई सफा गर्छ। यसले गर्दा रक्तचाप घट्छ।

दालचिनी

दालचिनीमा धेरै औषधीय गुण हुन्छ। यसको सेवनले मधुमेहसँगै उच्च रक्तचाप जस्ता रोग पनि नियन्त्रण हुन्छ।

अलैंची
एक अनुसन्धानअनुसार उच्च रक्तचापका बिरामीले करिब तीन महिनासम्म नियमित रूपमा अलैँची सेवन गरेमा रोग ठीक हुन्छ।

जैतुन
युरोपका मेडिटेरियन क्षेत्रमा जैतुनको तेल बढी प्रयोग गरिन्छ। जैतुनले उच्च रक्तचाप निको पारेकाले नै यसको प्रयोग गरिएको हो।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ११ : ०५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा