घरमै यसरी नियन्त्रण गर्न सकिन्छ उच्च रक्तचाप | Khabarhub Khabarhub

घरमै यसरी नियन्त्रण गर्न सकिन्छ उच्च रक्तचाप


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अस्वस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मानिसहरुमा विभिन्न खालका रोग देखिन थालेको छ । जसमा मुटु सम्बन्धी समस्या धेरै रहेको छ ।

यहाँ हामी उच्च रक्तचाप भएमा कस्ता घरायसी औषधि वा खानेकुरा प्रयोग गर्ने भन्ने जानकारी दिँदै छौं । तर यी घरायसी खानेकुरामा मात्र भर भने पर्न हुँदैन । यदी रक्तचाप उच्च छ भने चिकित्सको सल्लाह लिनु होला ।

घरमा पाइने यी चिजबाट उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

लसुन
लसुनमा पाइने एक रसायनले हाइपरटेन्सन घटाउँछ । लसुनको यो गुणबारे आयुर्वेदमा पनि वर्णन गरिएको छ।

प्याज
प्याजमा रहेको एन्टिअक्सिडेन्ट फ्लेबेनल, क्यासेरटिन आदिले ब्लडप्रेसरलाई सन्तुलित राख्न मद्दत गर्छ।

बदाम
बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले ब्लड कोलेस्ट्रोल लेभल कम गर्छ। साथै, धमनीलाई सफा गर्छ। यसले गर्दा रक्तचाप घट्छ।

दालचिनी

दालचिनीमा धेरै औषधीय गुण हुन्छ। यसको सेवनले मधुमेहसँगै उच्च रक्तचाप जस्ता रोग पनि नियन्त्रण हुन्छ।

अलैंची
एक अनुसन्धानअनुसार उच्च रक्तचापका बिरामीले करिब तीन महिनासम्म नियमित रूपमा अलैँची सेवन गरेमा रोग ठीक हुन्छ।

जैतुन
युरोपका मेडिटेरियन क्षेत्रमा जैतुनको तेल बढी प्रयोग गरिन्छ। जैतुनले उच्च रक्तचाप निको पारेकाले नै यसको प्रयोग गरिएको हो।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ११ : ०५ बजे

खुल्ने समय थपिएसँगै धरहरा चढ्नेको संख्या दोब्बरले बढ्यो

काठमाडौं– धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको संख्या

पूर्वराष्ट्रपतिसँग वार्ताका लागि प्रधानमन्त्री ओली पनि च्यासलमा

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी

पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा

सञ्चारमाध्यममा हुने अराजकता नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्याएका हौँ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चारमाध्यममा नाममा

सुदूरपश्चिमका स्थानीय तहमा स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्यकर्मी आन्दोलित

धनगढी– सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका