यी १० काम, जसले तपाईंको श्रीमानलाई खुसी बनाउँनेछ « Khabarhub

यी १० काम, जसले तपाईंको श्रीमानलाई खुसी बनाउँनेछ


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हरेक विवाहित महिलाको चाहना हुन्छ, उनी आफ्नो श्रीमानलाई खुसी राख्न सकुन् । तर कतिपय कारण र श्रीमानको भावनालाई बुझ्न नसक्दा श्रीमतीले श्रीमानलाई खुसी पार्न सकिरहेका हुँदैनन् ।

यस्तो अवस्थामा श्रीमती श्रीमान्लाई कसरी खुसी पार्ने भन्ने बिषयमा निकै चिन्तित भेटिन्छन् ।

हामी १० यस्ता टिप्सहरु दिदैछौं, जसको पालना गरे तपार्इं आफ्नो श्रीमानलाई सहजै खुसी राख्न सक्नुहुनेछ ।

१. सुन्ने बानी बसाउँनुहोस् : धेरै विवाहित पुरुषहरुको गुनासो हुन्छ, श्रीमतीले आफ्नो कुरामा ध्यान दिदैनन् । बरु श्रीमतीहरु नै आफ्नो कुरा मात्र सुनाउन चाहान्छन् । त्यसकारण आफू कम बोलेर श्रीमानको कुरा ध्यान दिएर सुन्नुभयो भने यसले तपाईको श्रीमानलाई खुसी पार्न सक्छ ।

२. जिम्मेवारी बाँड्नुहोस् : हरेक बिषयमा श्रीमान श्रीमतीको समान सहभागिता हुनुपर्छ । श्रीमानहरु बाहिरको काम गरी पैसा कमाउने र श्रीमती घरको काम गर्ने चलन अझै छ । तर श्रीमतीले पनि रोजगार गर्ने र श्रीमानका कामहरु बाँडेर लिएमा यसले तपाईंको श्रीमान्लाई खुसी पार्न सक्छ ।

३. श्रीमानको रुची बुझ्नुहोस् : कतिपय महिला विवाहपछि आफ्नो आंकक्षा श्रीमानले पूरा गरुन् भन्ने चाहाना राख्छन् । तर श्रीमानको सौख र रुची के छ त्यसमा ध्यान दिदैनन् । त्यसैले तपाईंले श्रीमानको रुची र चाहना बुझेर त्यसमा ध्यान दिनु भयो भने यसले श्रीमानलाई खुसी पार्दछ ।

४. धनको बचत गर्नुहोस् : सबै त होइन तर अधिकाशं श्रीमती श्रीमानको कमाईको दुरुपयोग गर्छन् । अर्थात अनावश्यक रुपमा पैसा उडाउँछन् । तर कुनै पनि श्रीमानलाई यो राम्रो लाग्दैन । त्यसैले सपिङ्ग गर्दा श्रीमानको कमाईको बचत गर्नु भयो भने यसले श्रीमानलाई खुसी राख्ने गर्छ ।

५. यौन सुख दिनुहोस् : यौन सुखका बिषयमा पुरुषहरु निकै संवेदनशील हुन्छन् । कामको चाप वा आफूमा यौन इच्छा नभएको बेला पनि श्रीमान्लाई यौन सुख दिनुपर्छ भन्ने होइन । तर श्रीमतीले श्रीमानको भावनाअनुसार यौन सुख दिन सके यसले श्रीमानलाई निकै खुसी तुल्याउने गर्दछ ।

६. लामो विवाद नगर्नुहोस् : हरेक श्रीमान आफ्नी श्रीमतीबाट सुझबुझको अपेक्षा गर्दछन् । तर कतिपय श्रीमतीहरु श्रीमान्सँग सानासाना बिषयमा पनि अनावश्यक विवाद वा बहस गरिरहेका हुन्छन् । यसले तपाईको श्रीमानलाई झर्काे बनाउने गर्दछ । त्यसैले यस कुरामा ख्याल राख्नुहोला ।

७. एक्लै योजना नबनाउनुहोस् : हरेक मानिसले स्वतन्त्रता पाउनुपर्छ । तर स्वतन्त्रताको नाममा बिना सल्लाह एक्लै निर्णय लिने बानीले तपाईंलाई श्रीमानबाट टाढा बनाउन सक्छ । तसर्थ कुनै पनि योजना बनाउनु अघि श्रीमानसँग अनिवार्य सल्लाह लिएमा यसले श्रीमानलाई खुसी पार्न सक्छ ।

८. कुरा नलुकाउनुहोस् : श्रीमान श्रीमतीको सम्बन्ध भनेको विश्वासको सम्बन्ध हो । त्यसैले श्रीमानलाई धोका हुने गरी कुनै पनि कुरा लुकाउनु हुँदैन । हरेक अप्ठेरो, समस्या, सफलता वा लाभ लगायतका कुनै पनि विषय श्रीमानसँग नलुकाउनुहोस् ।

९. श्रीमानको परिवारको सम्मान गर्नुहोस् : आफ्ना आमाबुवा कसलाई प्यारो लाग्दैन । विवाहपछि श्रीमतीको मात्र होइन श्रीमानको पनि दुई परिवारमा समान सम्मान गर्नुपर्ने आमाबुबा हुन्छन् । यसमा श्रीमतीले माइतीमा झै घरका आमाबुबालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ ।

१०. श्रीमती होइन साथी बन्नुहोस् : श्रीमान–श्रीमतीको सम्बन्ध साथीको झै हुनुपर्छ । श्रीमान उदास भए उसको दुखको कारण बुझ्नुपर्छ । कुनै समस्यामा भए त्यसबाट निस्कने समाधान श्रीमतीले पनि खोज्नुपर्छ । तसर्थ श्रीमान श्रीमती एकअर्कासँग साथी झै हुनुपर्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ११ : ५४ बजे

ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं