नयाँ आमाले शिशुको स्याहारमा जान्नैपर्ने १६ टिप्स « Khabarhub

नयाँ आमाले शिशुको स्याहारमा जान्नैपर्ने १६ टिप्स


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

विवाह पछि सबै महिलाहरु आमा बन्न चाहन्छन् । आमा बन्नका लागि गर्भवती हुँदा देखि सन्तान जन्माउँदा र सन्तानलाई हुर्काउदासम्म धेरै कुराको ख्याल गर्नुपर्छ ।

पहिलो पटक आमा बन्दा महिलाहरु उत्साह र कौतुहलता पनि हुन्छ ।

शिशु जन्मिदा के गर्ने ? जन्मिएपछि कसरी केयर गर्ने ? कस्तो कुराले असर पर्छ ? कस्ता कुराले फाइदा गर्छ भन्ने विषयमा नयाँ आमा अर्थात पहिलो पटक सन्तान जन्माएकी आमाले जान्नैपर्ने हुन्छ ।

आज हामी तपाईलाई नयाँ आमाले जान्नैपर्ने केही कुराहरुबारे जानकारी दिदैछौं ।

नयाँ आमाले शिशुको स्याहारमा जान्नैपर्ने १६ टिप्स

– तपाईको शिशुको लागि आमाको दुध अमृत समान हुन्छ,

–सकेसम्म शिशु जन्मेको एक घण्टाभित्र आमाको दुध चुसाउन थाल्नुपर्छ,

–शिशुलाई प्रत्येक २ घण्टामा वा शिशुले खान चाहेको बेलामा दुध खुवाउनुपर्छ,

–शिशुले एकपटक दुध खाँदा कम्तिमा पनि १५ देखि २० मिनेट सम्म खानुपर्छ,

–शिशुले २ वा ३ मिनेट मात्रै दुध खाएमा उसको पेट भरिदैन,

–प्रयाः शिशुहरु २ वा ३ मिनेट दुध खाएपछि निदाउँछन्, त्यस्तो अवस्थामा उसलाई दुध खुवाउनु हुदैन । बरु केही समय आराम गरेपछि फेरी उठाएर दुध खुवाउनुपर्छ ,

–२४ घण्टामा ८ देखि १० पटक स्तनपान गराउनुपर्छ,

–हरेक पटक दुध खुवाई सकेपछि शिशुलाई ठाडो बनाएर ढाडमा मसारेर डकार निकाल्न लगाउनुपर्छ,

–शिशुले डकारेमा वान्ता हुने, धेरै रुने, पेट ढाडिने, हीक्क हीक्क हुने समस्या आउँदैन,

–शिशुलाई हरेक दिन बिहानको घाममा कम्तिमा एक घण्टा नाङ्गै बनाएर राख्नुपर्छ ।यस्तो गर्दा शिशुको पेट र छातिको छालामा घाम सिधै पार्नुपर्छ, तर शिशुलाई घाममा राख्दा उसको आँखा र पिसाव गर्ने अङंग भने छोप्दिनुपर्छ । यस्तो नगरेमा शिशुलाई डण्डीस हुने सम्भावन हुन्छ,

–६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनुपर्छ,

–६ महिनापछि बालबालिकालाई आमाको दुधसँगै पानी, अन्न, लिटो खुवाउन शुरु गर्नुपर्छ,

–१ वर्षसम्म शिशुलाई गाई भैसीको दुध र मह खुवाउनु हुँदैन,

–तेल लगाइदिदा शरीरको छालामा मात्रै लगाउनुपर्छ । आँखा, नाक, कान, नाभी, दिशा–पिसाव गर्ने अंगमा तेल लगाउनु हुँदैन,

–शिशुलाई आगो, कोइला, दाउरा, ब्रिकेट, हीटर, ग्यासले सेक्नु हुँदैन, यस्ता कुरामा सेकेमा शिशुको स्वास्थ्यमा तथा छालामा समस्या आउन सक्छ । शिशुलाई बिहानको न्यानो घाममा सेक्नुपर्छ,

–शिशुले हाच्छिउ गर्नु अलिअलि हिक्क गर्नु, तर्सीनु जीउमा सानो सानो रातो विमिरा आउनु सामान्य कुरा हो ।

(यो सामग्री सिभिल अस्पतालले तयार पारेको ब्रुसरबाट सम्पादन गरिएको हो । )

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ४ : ५३ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र