डीभी भर्न राहदानी बनाउनेको संख्या ७ गुणाले वृद्धि, दैनिक ५ हजार आवेदन « Khabarhub

डीभी भर्न राहदानी बनाउनेको संख्या ७ गुणाले वृद्धि, दैनिक ५ हजार आवेदन


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले सन् २०२१ का लागि खुलाएको डीभी चिठ्ठा भर्नेहरुका कारण राहदानी लिनेहरुको संख्या ह्वात्तै बढेको छ । राहदानी लिनेको संख्या बढ्दा अहिले राहदानी विभागमा सेवाग्राहीहरुको दिनहुँ भीड लाग्ने गरेको छ ।

यो वर्षदेखि अमेरिकाले डीभी भर्नका लागि पासपोर्ट अनिवार्य गरेपछि राहदानी लिनेहरुको लाइन लागेको हो । डीभी भर्ने अन्तिम समयसीमा नजिकिँदै गर्दा धेरैमा राहदानी बनाउने चटारो छ ।

डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म खुल्नासाथै उपत्यकाबाहिरका सेवाग्राही राहदानी बनाउन काठमाडौंमा थुप्रिदा राहदानी विभागमा भीड बढेको हो । राहदानी बनाउनेको घुइँचो बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म लाग्ने गरेको विभागले जानकारी दिएको छ । यसले गर्दा साविकको तुलनामा अहिले राहदानी लिनेको संख्या सात गुणाले बढेको विभागले जनाएको छ ।

राहदानी लिनेको संख्या ह्वात्तै बढ्दा व्यवस्थापनमा केही असहज भएकाले पछिल्लो समय अस्तव्यस्त हुन थालेको विभागको भनाइ छ ।

जिल्लाबाट राहदानी लिँदा लामो समय कुर्नु पर्ने भएपछि डीभी भर्नेहरु जति द्रुत सेवाका लागि काठमाडौं भित्रिएका छन् ।

विभागमा भेटिएका रामेछापका जीवन कार्की डीभी भर्नकै लागि राहदानी बनाउन विहान ५ बजे नै आएको बताउँछन् । ‘दशैं मनाएर काठमाडौं आएपछि सबैले डीभी भर्नुपर्छ भनेपछि एमआरपी बनाउन आएको हुँ ।’ उनले भने, ‘पछि पनि राहदानी आवश्यक पर्छ यस्तै मौका परेका बेला बनाएको हुँ ।’

यस्तै, दोलखाकी सविता महतले पनि डीभी भर्नेका लागि नै एमआरपी बनाउन आएको बताइन् । उनले आफूसहित सात जनाको समूह नै राहदानी बनाउन विभागमा आएको जानकारी दिइन् ।

एमआरपीका लागि दैनिक ५ हजार आवेदन

काठमाडौंस्थित राहदानी विभागमा डीभी खुलेको केही दिनदेखि एमआरपी बनाउने सेवाग्राहीको भीड बढ्दै गएको छ ।

अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डीभी भर्ने समयसीमा छ । गत असोज १५ देखि डीभीको आवेदन खुल्ला गरिएको थियो । अमेरिकाले डीभी खुलाएपछि एकै दिनमा राहदानी (एमआरपी) बनाउनेको संख्यामा वृद्धि भएको विभागले जनाएको छ ।

डीभी भर्नेका हकमा एमआरपी नम्बर अनिवार्य गरिएकाले राहदानी बनाउनेको चाप बढेको राहदानी विभागका सहसचिव तथा प्रवक्ता तीर्थराज आर्यलले बताए । ‘कात्तिक ३ गतेदेखि एमआरपी बनाउन आवेदन दिनेको चाप बढेको छ । सेवाग्राहीको चापलाई हेरेर विभागले सोहीअनुसार सेवा पनि दिइरहेको छ ।’ उनले भने, ‘एमआरपीका लागि धेरै आवेदन आएपछि उत्पादन र आवेदन लिन नै समस्या भइरहेको छ ।’

गत हप्ता अथवा दशैं सकिए लगत्तै १५ हजार रुपैयाँ शुल्क तिरेर एकैदिनमा एमआरपी बनाउन चाहनेको संख्या धेरै छ । असोज १४ गते विभाग आएर एमआरपी आवेदन भर्नेको संख्या ४ सय ८३ जना थियो, असोज २६ गतेदेखि यो संख्या बढेर दैनिक २ हजार पुगेको विभागले जानकारी दिएको छ ।

कात्तिक १ गतेदेखि यो संख्या दोब्बरले वृद्धि भइ एमआरपीका लागि दैनिक ५ हजारसम्म आवेदन आउने गरेको विभागले जनाएको छ ।

काजमा १० कर्मचारी, थप ६ काउन्टर

परराष्ट्र मन्त्रालयबाट १० जना कर्मचारी काजमा बोलाएर एमआरपी बनाउने काम भइरहेको विभागले जानकारी दिएको छ ।

सेवाग्राहीको संख्या ह्वात्तै बढेसँगै विभागले ६ वटा काउन्टर थपेर सेवा दिइरहेको सहसचिव आर्यलले बताएका छन् । सामान्य अवस्थामा दैनिक ९ सय सेवाग्राहीका लागि सेवा दिने क्षमता विभागसँग थियो । तर, गत भदौदेखि मलेसिया रोजगार खुलेपछि र गत असोज १५ गतेदेखि डीभी चिठ्ठा खुलेपछि एमआरपी बनाउने संख्या सात गुणाले बृद्धि भएको विभागको भनाइ छ । डीभी भर्ने सेवाग्राहीको मागलाई मध्येनजर गदै विभागले द्रुत गतिमा काम गरिरहेको सहसचिव अर्यालले बताए ।

अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ कन्सुलरका अनुसार डीभी चिठ्ठामार्फत बार्षिक ४ हजार नेपाली जाने गरेका छन् । यस्तै, वार्षिक ८० हजारभन्दा धेरै नेपालीले डीभी भर्ने गरेका छन् । डीभीमार्फत करिब ५० हजार नेपाली अमेरिका पुगिसकेका छन् ।

सरकारले २०७२ मंसिरदेखि हस्तलिखित पासपोर्ट पूर्ण रूपमा खारेज गरेको थियो । विभागका अनुसार मेसिन रिडेबेल पासपोर्ट (एमआरपी) वितरण सुरु भएको ११ वर्षमा झन्डै ६२ लाख राहदानी जारी भएको छ ।

सरकारले आगामी सन् २०२० भित्रमा अनिवार्य रूपमा ई–पासपोर्ट ल्याउन लागेको छ । विभागले १५ हजार तिरे आवेदन दिएकै दिन, १२ हजार तिरे भोलिपल्ट र १० हजार तिर्नेका हकमा एक हप्ताभित्र एमआरपी जारी गर्दै आएको छ ।

जिल्लाबाट आवेदन दिनेका हकमा १५ देखि २० दिनमा राहदानी जारी हुन्छ । विदेशी नियोगबाट आएका आवेदनका हकमा २० दिनभित्र एमआरपी जारी गरिने विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ३ : ०४ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट