ब्राजिलमा विमान सडकमा खस्यो, तीन जनाको मृत्यु « Khabarhub

ब्राजिलमा विमान सडकमा खस्यो, तीन जनाको मृत्यु


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल– ब्राजिलको बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ ।

सोमबार भएको विमान दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी सहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो ।

विमानले सडकमा गुडिरहेका तीनओटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीहरुकाअनुसार यस विमान विस्फोटमा परी चारओटा गाडी पूर्णरुपले क्षतिग्रस्त भएका छन्

विमानमा एक चालक र तीन यात्री सवार थिए । विमानका एक व्यक्ति, कारका एक र एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानका तीन र एक कारयात्री घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाइ उद्धृत गर्दै स्थानीय अधिकारीहरुले बताएका छन् ।

इल्हेअस सहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो । यसै वर्ष ब्राजिलको यही क्षेत्रको सडकमा दुईओटा विमान दुर्घटना भइसकेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  २ : ५१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले