गाभिएका म्यानपावरलाई विवरण बुझाउन विभागको निर्देशन « Khabarhub

गाभिएका म्यानपावरलाई विवरण बुझाउन विभागको निर्देशन


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले आवश्यक जानकारी उपलब्ध गराउन ८ सय ५४ वटै म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ ।

गत भदौ १८ गते अगाडि एक आपसमा गाभिएका र तोकिएको धरौटी र बैंक ग्यारेन्टी राखी सञ्चालनमा रहेका म्यानपावर कम्पनीहरुलाई सात दिनभित्र आफ्नो संस्थासँग सम्बन्धित सबै जानकारी सहित सञ्चालक र कर्मचारीहरुको विवरण अध्यावधिक गर्न विभागले निर्देशन दिएको हो ।

विभागले सूचना जारी गर्दै सात दिनभित्र विवरण नबुझाउने म्यानपावर कम्पनीहरुको कारोवार रोक्का राखिने चेतावनी समेत दिएको छ ।

विभागले म्यानपावर कम्पनी अंग्रेजी र नेपाली भाषामा संस्थाको नाम र लाइसेन्स नम्बर, संस्थाको ठेगाना, ल्याण्डलाईन नम्बर र मोबाइल नम्बर, इमेल ठेगाना, सञ्चालकको संख्या र गाभिएका म्यानपावर कम्पनीहरुको विवरण पेश गर्न भनेको छ ।

यस्तै विभागले सञ्चालकको नाम थर, स्थायी तथा अस्थायी ठेगाना, कम्पनीमा रहेको शेयरको हिस्सा, सञ्चालक भएको मिति, मोबाईल तथा ल्याण्डलाईन नम्बर उपलब्ध गराउन आग्रह गरेको छ ।

विभागले कर्मचारीहरुको हकमा पनि नाम थरका साथसाथै स्थायी तथा अस्थायी ठेगाना, पद, नियुक्ति मिति सहित मोबाईल तथा ल्याण्डलाईन नम्बर सहितको विवरण पेश गर्न भनेको छ ।

विभागले उल्लेख गरे अनुसारको विवरण तयार पारेपछि विभागको इमेलमा विद्युतीय प्रति पेश गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ३ : ३१ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा