गीत हटाएपछि दुर्गेश थापा छुटे, चौबीस घण्टामा नयाँ भर्सनमा अपलोड गर्ने « Khabarhub

गीत हटाएपछि दुर्गेश थापा छुटे, चौबीस घण्टामा नयाँ भर्सनमा अपलोड गर्ने


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तिहारको अवसर पारेर बजारमा ल्याएको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ विरुद्ध उजुरी परेपछि गायक दुर्गेश थापा तनावमा परेका छन् । उनीविरुद्ध उजुरी परेपछि प्रहरीले गायक थापालाई फोन गरेर सम्पर्कमा आउन भनेको थियो ।

सोमबार खबरहबसँग कुराकानी गर्दै गायक थापाले आफू मंगलबार (आज) महानगरीय प्रहरी परिसर, काठमाडौं जाने बताएका थिए । आज उनी आफ्नै गाडीमा प्रहरी परिसर पुगेका थिए ।

महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी सहकुल थापाले सम्पर्कमा आएका थापालाई नियन्त्रणमा लिएको खबरहबलाई बताएका थिए ।

प्रहरीको नियन्त्रणमा रहेका गायक थापाले परिसरभित्रै मोबाइलबाट गीत डिलिट गरेपछि छुटेका छन् । उनका अनुसार प्रहरीले उनलाई गीतमा प्रयोग भएको ‘बियर’ र ‘गाँजा’ जस्ता शब्द हटाएर पुनः अपलोड गर्न अनुमति दिएको छ ।

‘कानूनबाट भाग्न सकिँदैन, जहाँ भए पनि समाउँछ, खासमा यो ठूलो इस्यु पनि थिएन, मिडियामा यो समाचार ठूलोजस्तो बनेर आयो,’ गायक थापाले भने, ‘काम गर्दै जाँदा कहिलेकाहीँ खुट्टा लरखराउँछ, त्यो गल्ती स्वीकार्नुपर्छ ।’

गायक थापाले आफू गाडी लिएर प्रहरी परिसर पुगेको तर मिडियामा बालाजुबाट पक्राउ गरिएको भन्ने समाचार आएको गलत भएको बताए । उनले आफ्नो गाडी देखाउँदै भने, ‘म आफै यहाँ आएको हुँ, बालाजुबाट पक्राउ गरिएको होइन,’ उनले भने ।

यो घटनाले आफू थप सचेत भएको गायक थापाको भनाइ छ । प्रहरीले आफूलाई गाँजा शब्दको खुलेआम प्रचार नगर्न भनेको र आफूले अबका दिनमा थप सचेत बन्दै संगीत सिर्जना गर्ने बताए ।

‘उहाँहरुले गाँजा शब्दलाई खुलेआम प्रचार गर्न पाइँदैन, गीतका शब्द हटाएर पुनः अपलोड गर्नुस् भन्नुभयो,’ उनले भने, ‘मैले ती शब्द हटाएर चौबीस घण्टाभित्र अपलोड गर्छु ।’

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ४ : ५७ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण