फ्रान्समा ‘दशैं–तिहार’ धमाकामा रमाए दर्शक « Khabarhub

फ्रान्समा ‘दशैं–तिहार’ धमाकामा रमाए दर्शक


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स- अन्तराष्ट्रिय कलाकार समाज (इनास) फ्रान्सको आयोजनामा फ्रान्सको पेरिसमा ‘दसैं-तिहार धमाका’ नामक बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय गानबाट शुरु भएको उक्त कार्यक्रममा नर्बेबाट आएका अतिथि गायक बिष्णु क्षेत्रीले ‘जय नेपाल‘ शीर्षकको गीत प्रस्तुत गर्दै सबैलाई मन्त्र मुग्ध बनाएका थिए ।

उनले आफ्नै गीत दर्शकमाझ प्रस्तुत गर्दै उपस्थितहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा अर्का अतिथि गायक बेल्जियमका इनास स्टार लाहुरे कान्छाले समेत सांगीतिक प्रस्तुति दर्शकमाझ पस्किएका थिए ।

पेरिसमै बसोबास गर्ने ५० जना भन्दा बढी कलाकारहरुको आकर्षक एकल तथा सामुहिक नृत्यले ‘दसैं-तिहार धमाका’ भव्य बनेको थियो ।

संस्थाका महासचिब महेन्द्र अधिकारी, सचिब भुवन आले र सोफिया बस्नेत आचार्यद्वारा उदघोषण गरिएको उक्त कार्यक्रमको प्रमुख आकर्षण लाइभ लोक दोहोरीको साथै पप कन्सर्ट रहेको थियो ।

पेरिसका केहि कलाकारको समूह ‘नेपाली ज्यम्स सेसन’को पप कन्सर्टमा सुनिल लामासंगै सरोज राइ, सुमन घले, फ्रेन्च फरेन लेजनका मनोज राइ तथा उमेश बन्जाराको सांगीत संयोजनमा दर्शकहरु झुमेका थिए ।

कलावती बिश्वकर्मा, सुजन राज भट्ट, गंगा आचार्य, नबिन परियार, गीता शर्मा, बिमला बिश्वकर्मा र घनश्याम पौडेलको दोहोरीले साँझपखको प्रहरलाई निकै रमाइलो बनाएको थियो । कार्यक्रमको अन्तमा भने इनास फ्रान्सका उपाध्यक्ष आभाष आचार्यको रकिंग प्रस्तुति दिएका थिए ।

इनास फ्रान्सका अध्यक्ष प्रविन सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल राजदूतावास फ्रान्सका उपनियोग प्रमुख खड्ग प्रसाद ढकाल तथा बिशेष अतिथि इनास ग्लोबलकि संरक्षक निता श्रेष्ठ रहेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ४ : ४६ बजे

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल