किन गरे एकै परिवारका ११ सदस्यले २३ पटक आपसमा बिहे ? « Khabarhub

किन गरे एकै परिवारका ११ सदस्यले २३ पटक आपसमा बिहे ?


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक विवाहिताहरु विवाहलाई महत्वपूर्ण निर्णय र सामाजिक रीतका रुपमा मान्दछन् । विवाह एक अनिवार्य सम्बन्ध हो, जसले जीवनलाई पूर्णतासँगै सार्थकता समेत दिन्छ ।

नेपालमा हरेक जातजातिको आ–आफ्नै विवाह संस्कार छ । कतिले एकै गोत्रमा विवाह गर्दैनन्, कोही मावलीको थरसँग विवाह गर्दैनन् भने कोही सात पुस्ते नाघेर मात्र विवाह गर्छन् । केही जातिमा भने फुपूचेला मामाचेलीबीच विवाह हुने संस्कार समेत छ ।

आजकल अन्तरजातीय र अन्तर समुदाय विवाह समेत हुन थालेका छन् । तर नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक चीनमा भने एकै परिवारका ११ सदस्यले एकआपसमा नै २३ पटकसम्म विवाह गरेका छन् ।

चीनको झोजियांग प्रान्तको लिसुई शहरभित्र पर्ने एक सानो गाउँका एकै परिवारका ११ सदस्यले २३ पटक एकआपसमा विवाह गरेका हुन् । तर विवाहको दुई सातामा नै डिभोर्ससमेत भएको थियो । खासमा लिसुई शहरका पेन नामक एक व्यक्तिले सरकारी सुविधा पाउन परिवारका सदस्यहरुसँग विवाह गरेका थिए ।

सरकारले स्थानीय बासिन्दालाई विवाह गरेमा ४० वर्गमिटरको एउटा अपार्टमेन्ट दिइने घोषणा गरेको थियो । तब उनले उक्त अर्पाटमेन्ट हत्याउन सन् २०११ मा डिभोर्स गरिसकेकी पूर्व पत्नीसँग पुनः बिहे गरे । विवाह पश्चात पेनलाई अपार्टमेन्ट प्राप्त भयो । अपार्टमेन्ट पाएको ६ दिन मै उनले फेरि डिभोर्स गरे । पेनको लोभ यतिसम्म बढ्यो कि उनले अरु अपार्टमेन्ट पाउन साली र आफ्नै बहिनीसँग पनि विवाह गरे ।

त्यति मात्र होइन, उनले बर्षाैअघि डिर्भोस भई छुट्याइएका आफ्ना आमाबुबाको पुनः बिवाह गराइदिए । जसै अर्पाटमेन्ट प्राप्त भयो तब उनले बुवाआमाको डिभोर्स गराइदिए ।

यसरी सरकारलाई नै ठग्दै आएका ती ब्यक्तिको कर्तुत खुलेपछि सरकारले उनीमाथि अनुसन्धान बढायो । अनुसन्धानबाट एकै परिवारका ११ सदस्यबीच २३ पटक विवाह भएको र ती सबै एकै ठाउँमा बस्दै आएको खुलासा भयो । अन्ततः यस योजनाको मास्टरमाइन्ड पेन भएको खुल्यो । प्रहरीले ती सबै ११ जनालाई गिरफ्तार गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ४ : ५५ बजे

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत