किन गरे एकै परिवारका ११ सदस्यले २३ पटक आपसमा बिहे ? « Khabarhub

किन गरे एकै परिवारका ११ सदस्यले २३ पटक आपसमा बिहे ?


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक विवाहिताहरु विवाहलाई महत्वपूर्ण निर्णय र सामाजिक रीतका रुपमा मान्दछन् । विवाह एक अनिवार्य सम्बन्ध हो, जसले जीवनलाई पूर्णतासँगै सार्थकता समेत दिन्छ ।

नेपालमा हरेक जातजातिको आ–आफ्नै विवाह संस्कार छ । कतिले एकै गोत्रमा विवाह गर्दैनन्, कोही मावलीको थरसँग विवाह गर्दैनन् भने कोही सात पुस्ते नाघेर मात्र विवाह गर्छन् । केही जातिमा भने फुपूचेला मामाचेलीबीच विवाह हुने संस्कार समेत छ ।

आजकल अन्तरजातीय र अन्तर समुदाय विवाह समेत हुन थालेका छन् । तर नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक चीनमा भने एकै परिवारका ११ सदस्यले एकआपसमा नै २३ पटकसम्म विवाह गरेका छन् ।

चीनको झोजियांग प्रान्तको लिसुई शहरभित्र पर्ने एक सानो गाउँका एकै परिवारका ११ सदस्यले २३ पटक एकआपसमा विवाह गरेका हुन् । तर विवाहको दुई सातामा नै डिभोर्ससमेत भएको थियो । खासमा लिसुई शहरका पेन नामक एक व्यक्तिले सरकारी सुविधा पाउन परिवारका सदस्यहरुसँग विवाह गरेका थिए ।

सरकारले स्थानीय बासिन्दालाई विवाह गरेमा ४० वर्गमिटरको एउटा अपार्टमेन्ट दिइने घोषणा गरेको थियो । तब उनले उक्त अर्पाटमेन्ट हत्याउन सन् २०११ मा डिभोर्स गरिसकेकी पूर्व पत्नीसँग पुनः बिहे गरे । विवाह पश्चात पेनलाई अपार्टमेन्ट प्राप्त भयो । अपार्टमेन्ट पाएको ६ दिन मै उनले फेरि डिभोर्स गरे । पेनको लोभ यतिसम्म बढ्यो कि उनले अरु अपार्टमेन्ट पाउन साली र आफ्नै बहिनीसँग पनि विवाह गरे ।

त्यति मात्र होइन, उनले बर्षाैअघि डिर्भोस भई छुट्याइएका आफ्ना आमाबुबाको पुनः बिवाह गराइदिए । जसै अर्पाटमेन्ट प्राप्त भयो तब उनले बुवाआमाको डिभोर्स गराइदिए ।

यसरी सरकारलाई नै ठग्दै आएका ती ब्यक्तिको कर्तुत खुलेपछि सरकारले उनीमाथि अनुसन्धान बढायो । अनुसन्धानबाट एकै परिवारका ११ सदस्यबीच २३ पटक विवाह भएको र ती सबै एकै ठाउँमा बस्दै आएको खुलासा भयो । अन्ततः यस योजनाको मास्टरमाइन्ड पेन भएको खुल्यो । प्रहरीले ती सबै ११ जनालाई गिरफ्तार गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ४ : ५५ बजे

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण

काठमाडौं– एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को आफ्नो