न्याम्सको रोकिएको प्रवेश परीक्षा शनिबार हुने « Khabarhub

न्याम्सको रोकिएको प्रवेश परीक्षा शनिबार हुने


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थगित भएको स्नातकोत्तरको प्रवेश परीक्षा आउँदो शनिबार हुने भएको छ ।

न्याम्सले सूचना जारी गर्दै कात्तिक २ गते स्थगित भएको परीक्षा एमडी,एमएस र एमडीएसको परीक्षा आगामि कात्तिक ९ गते शनिबार गर्ने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्राचार तथा न्याम्सको निर्णय अनुसार यसअघिको परिक्षा स्थगित भएको थियो । प्रवेश परीक्षाका लागि फारम भरेका कतिपय विद्यार्थी शनिबारसम्म काठमाडौं आइपुग्न नसक्ने भन्दै विद्यार्थीहरुले नै मन्त्री यादवलाई ध्यानाकर्षण गराएपछि स्वास्थ्यमन्त्रीले परीक्षा रोक्न पत्राचार गरेका थिए ।

यसअघिकाे परीक्षा स्थगित भएपछि केही केही विद्यार्थीहरु आक्रोश पोख्दै मन्त्रालय घेर्न पुगेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ५३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको