न्याम्सको रोकिएको प्रवेश परीक्षा शनिबार हुने « Khabarhub

न्याम्सको रोकिएको प्रवेश परीक्षा शनिबार हुने


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थगित भएको स्नातकोत्तरको प्रवेश परीक्षा आउँदो शनिबार हुने भएको छ ।

न्याम्सले सूचना जारी गर्दै कात्तिक २ गते स्थगित भएको परीक्षा एमडी,एमएस र एमडीएसको परीक्षा आगामि कात्तिक ९ गते शनिबार गर्ने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्राचार तथा न्याम्सको निर्णय अनुसार यसअघिको परिक्षा स्थगित भएको थियो । प्रवेश परीक्षाका लागि फारम भरेका कतिपय विद्यार्थी शनिबारसम्म काठमाडौं आइपुग्न नसक्ने भन्दै विद्यार्थीहरुले नै मन्त्री यादवलाई ध्यानाकर्षण गराएपछि स्वास्थ्यमन्त्रीले परीक्षा रोक्न पत्राचार गरेका थिए ।

यसअघिकाे परीक्षा स्थगित भएपछि केही केही विद्यार्थीहरु आक्रोश पोख्दै मन्त्रालय घेर्न पुगेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ५३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज