मधुमेह के हो ? यो किन हुन्छ ? « Khabarhub

मधुमेह के हो ? यो किन हुन्छ ?


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव शरीरमा हुने रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई डायबिटिज अर्थात मधुमेह भनिन्छ ।

जसलाई नेपालीमा चिनीरोग पनि भनिन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि लगातार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिने गर्दछन् ।

यदि मधुमेहको समयमा उपचार गरिएन भने यसले धेरै जटिल रोगहरु, समस्याहरु निम्त्याउने गर्दछ । यदि मधुमेह लामो अवधिसम्म रहेमा मुटु तथा रक्तनलीमा समस्या हुने, मिर्गौलामा खराबी हुने, अल्सर तथा आँखामा समेत खराबी आउने गर्दछ ।

किन हुन्छ मधुमेह ?

मधुमेह प्याक्रिन्याजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने गर्दछ ।

मधुमेहका लक्षणहरु

मधुमेहका रोगीहरूमा साधारणतय तौल घट्ने, धेरै पटक पिसाब लाग्ने, धेरै तिर्खा लाग्ने, तथा धेरै भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, काटेका घाऊहरू ढिलो निको हुने र छाला चिलाउने लगायतका समस्या पनि मधुमेहका लक्षणहरु हुन् ।

कसरी बच्ने मधुमेहबाट ?

मधुमेहबाट बच्न स्वास्थ्यकर खाना खाने, नियमित शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य अनावश्यक बढ्न नदिने, सुर्तीजन्य पदार्थहरू नखाने गर्नुपर्दछ ।

मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवश्यक हुन्छ । खानामा विशेष ध्यान पुर्‍याउने तथा कार्बोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने, बढी चिल्लोयुक्त पदार्थको सेवन नगर्नाले पनि मधुमेहबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ०८ बजे

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने