काँग्रेसले भन्यो- नागरिकमाथि डोजर चलाइनु गम्भीर र अक्षम्य | Khabarhub Khabarhub

काँग्रेसले भन्यो- नागरिकमाथि डोजर चलाइनु गम्भीर र अक्षम्य


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- बैतडीमा बाटो खन्ने क्रममा भएको डोजर आक्रमणको घटनाप्रति प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसले दशरथचन्द नगरपालिकाले सहमति निर्माण गर्ने प्रयत्न गर्दागर्दै स्थानीय नागरिकलाई विश्वासमा नलिई सोमबार एकपक्षीय रुपमा सडक खन्ने क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा अगाडि भनिएको छ ‘विकासका कुनै पनि कार्यबाट सम्बन्धित क्षेत्रका नागरिक लाभान्वित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ तर सम्बन्धित क्षेत्रका नागरिकलाई विश्वासमा नलिने र स्काइभेटर प्रयोग गरी सडक निर्माण गर्ने कार्य अघि बढाउँदा विरोधमा उत्रिएका नागरिकमाथि ‘डोजर’ चलाइएको घटना गम्भीर र अक्षम्य छ । नेपाली कांग्रेस यो घटनाको गहिरो छानविन गरी दोषी माथि कडा कारवाही गर्न र घटनाका घाइतेलाई सम्पूर्ण उपचार गर्न सरकार समक्ष माग गर्दछ ।’

नेपाली कांग्रेसका तर्फबाट घटनास्थलमै पुगेर स्थानीय नागरिक, स्थानीय सरकार, राजनीतिक दलहरु, स्थानीय प्रशासन, संचारकर्मीहरु एवं आवश्यक व्यक्तिहरुसँग संवाद गरी आवश्यक निर्णय लिन र प्रतिवेदन पेश गर्न केन्द्रीय प्रतिनिधिका रुपमा श्रीबहादुर सिंह थापालाई बैतडी पठाइएको पनि विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

कञ्चनपुर जिल्लाका पूर्व सभापति समेत रहेका संविधान सभा सदस्य थापाले मंगलबार साँझबाट बैतडीमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्ने पनि विज्ञप्तीमा जनाइएको छ ।

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा आठ जना घाइते भएका छन् । घाइतेमध्ये स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका छन् । घाइतेमध्ये गौरा अचेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेका थिए ।

यसैबीच स्थानीयमाथि डोजर चलाउने चालक दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ४४ बजे

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै

सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी

काठमाडौं– काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय