समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट « Khabarhub

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

कांग्रेसलाई २० सिट, एमालेलाई १६ सिट


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य सम्पन्न भएको जनाएको छ।

आयोगले बिहीबार वक्तव्य जारी गरेर पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका १६५ वटै निर्वाचन क्षेत्रमा सम्बन्धित मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम मत परिणाम सार्वजनिक गरिसकेको जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐन २०१७ को दफा ६० अनुसार सिट बाँडफाँट गरेको जनाएको छ।

आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए। त्यसमध्ये १ करोड ५५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।

यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।

समानुपातिकतर्फ जसले पाए सिट

समानुपातिक प्रणालीतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने ६ राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका आयोगले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी-५७ सिट

नेपाली कांग्रेस -२० सिट

नेकपा एमाले -१६ सिट

नेकपा -९ सिट

श्रमसंस्कृति पार्टी -४ सिट

राष्ट्रिय प्रजातन्त्र पार्टी-४ सिट

आयोगले प्राप्त सिट संख्याअनुसार तीन दिनभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम छनोट गरी पठाउन सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गरिएको जनाएको छ।

Screenshot

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ८ : ०५ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी