दुर्गेश थापाले मागे माफी, अपलोड गरे नयाँ 'भर्सन' मा 'डन आयो डन' | Khabarhub Khabarhub

दुर्गेश थापाले मागे माफी, अपलोड गरे नयाँ ‘भर्सन’ मा ‘डन आयो डन’


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दुर्गेश थापाले आफ्नो गीत विवादमा तानिएपछि क्षमा मागेका छन । उनले तिहारको अवसर पारेर सार्वजनिक गरेको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत विवादमा तानिनुको साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो ।

थापाले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै गीतका कारण मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृति विचलन आएकोप्रति क्षमा मागेका छन् । साथै उनले नयाँ भर्सनमा गीत समेत सार्वजनिक गरेका छन् ।

‘मेरो गीतका कारण प्रतिबन्धित गाँजा र इलेक्ट्रोनिक माध्यम युट्युब लगायतका च्यानलबाट मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृतिक विचलन आएकोप्रति क्षमाप्रार्थी छु,’ दुर्गेशले विज्ञप्तिमार्फत भनेका छन् ।

उनले प्रहरीको आग्रहपछि सो गीत युट्युबबाट हटाइसकेको र आगामी दिनमा त्यस्ता सामाजिक, सांस्कृतिक सद्भावमा खलल पुग्ने खालका गीत तथा म्युजिक भिडियो प्रकाशन र प्रशारण नगर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

‘यो गीत अन्य कसैले कपी गरी प्रसारण नगरिदिनु हुन समेत सार्वजनिक रुपमा अनुरोध छ,’ उनको आग्रह छ । यद्यपि सो गीत युट्युबमा अरुले अपलोड गरिएको भने भेट्न सकिन्छ ।

मोडल तथा गायक थापाले ‘अञ्जानवश’ नशालु पदार्थ गाँजा खान उत्प्रेरित/प्रोत्साहन गर्ने शब्द प्रयोग गरिएको बताएका छन् ।

गायक थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । उक्त गीत विवादमा आएपछि उनले युट्युबमा उक्त गीतमा कमेन्ट गर्ने सुविधा नै हटाएका थिए । गीतका बारेमा सोधपुछ गर्न थापालाई महानगरीय प्रहरी परिसरले मंगलबार नियन्त्रणमा लिएको थियो ।

नयाँ भर्सनको ‘डन आयो डन’ बोलको गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ५९ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– काठमाडौंको तारकेश्‍वर नगरपालिका-८ शेषमती लामबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब

राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए

पोखरा- गत भदौ २४ गते भएको जेन-जीहरूको आन्दोलनका क्रममा राष्ट्रिय

रैथाने बाली संरक्षणमा प्रदेश सरकार, जग्गा बाँझो राख्नेलाई जरिवाना

काँक्रेविहार – कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बालीहरू

गोदरेजले नेपालमा इओन रेगालिस एआई फ्रन्ट लोड वाशिंग मसिन सुरुवात गर्दै 

काठमाडौं– गोदरेज एप्लायन्सेसले नेपालमा आफ्नो प्रिमियम इओन रेगालिस ८ किलोग्राम

दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीले अनुसन्धान गर्दै

नयाँदिल्ली– भारतीय फरेन्सिक टोलीहरूले मंगलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको